हरेराम उप्रेती
प्रत्येक सोमबार बन्द हुने तनहुँको आँबुखैरेनी बजार भोलि सोमबार देखि खुल्ला हुने भएको छ । चार्डपर्वलाई मध्यनजर गर्दै उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाईले आँबुखैरेनी बजार भोलि सोमबार देखि बजार खुल्ला हुने जनाएको छ । अन्य समय भन्दा चाडपर्वको समयमा बढी भन्दा बढी बजारमा व्यापार व्यवसाय हुने भएकाले सर्वसाधारणको हितको लागि प्रत्येक सोमबार बन्द हुदै आएको बजार अब भोलि सोमबार देखि खुल्ला रहने उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाईका सभापति सुनिल मल्लले जानकारी दिनुभएको छ । गत भदौं २१ गते सभापति मल्लको सभापतित्वमा बसेको बैंठकले नजिकीदै गरेको हरितालिका तिज हिन्दुहरुको महान वडा दशै तथा तिहार पर्वको अध्यनजर गर्दै तिहारको पुर्णिमाको दिन सम्म बजार खुलाउने निर्णय गरिएको ईकाईले जनाएको छ । ्त्यस्तै प्रत्येक सोमबार बन्द हुदै आएको डुम्रेबजार पनि असोजको पहिलो सोमबार देखि खुल्ने भएको छ । बजारमा चाडपर्व संगै ग्राहकहरुको चाप बढेकोले प्रत्येक सोमबार बन्द हुदै आएको बजार असोजको पहिलो सोमबार देखि खुलाईने उद्योग बाणिज्य संघ डुम्रेबजार ईकाईका सभापति राजेन्द्र पियाले लाई जानकारी दिनुभएको छ ।