कैलासबावु श्रेष्ठ/गोरखा
२२ भाद्र । एकिकृत नेकपा माओवादीका तात्कालीन बैकल्पीक पोलिटब्यूरा सदस्य सुरेश वाग्ले (बासु) र पहिलो प्लाटुन कमाण्डर भिमसेन पोख्रेल -बैरागी) को सम्झना गर्दै अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष द्वय डा.बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भोली गोरखा आउनु हुने भएको हो ।
आापपिपल गाउ विकास समितीमा रहेको हर्मीकोटमा शहिद द्वय बासु र बैरागीको सम्झनामा निर्माण भएको शहिदपार्क उदघाटन तथा १४ औं बासु तथा बैरागी स्मृती दिबशमा लागि उनीहरु गोरखा आउन लागेका हुन । गोरखा सदरमुकाम देखी ७२ किलो मिटर उत्तर पूर्वमा रहेको आापपिपलमा शहिद पार्क बाहेक पनि नव र्निमीत गाविस भवन, आापपिपल अस्पताल र स्कुल भवनको समेत उत्त अवशरमा उदघाटन गरीने छ ।
०५६ साल भाद्र २३ गते गोरखाको गाखुा गाउामा नेपाल प्रहरीले कब्जामा लिएर दुवै जनाको गोली हानी हत्या गरीएको थियो । दुवै द्वन्द कालमा मारिने उच्च माओवादी नेता हुन । संविधान सभा निर्वाचन पछि माओवादीका उच्च नेता गोरखा आउन लागेको यो दोस्रो पटक हो । पहिलो पटक संविधान सभामा माओवादीले गोरखाको तिनै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको अवशरमा घोषणा सभामा गोरखा सदरमुकाम आएका थिए ।
त्यस्तै गरी नेकपा-माओवादीले पनि भोली गोरखा सदरमुकाममा बासु र बैरागीको सम्झनामा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।