हामी सम्पूर्ण नेपाली अमरसिंह थापाले यो देश निर्माण गर्दा खर्चिएको रगत र पसिनाको ऋणी छौ ।। Living Lion of Nepal भनेर चिनिने थापा यो नेपाल रहुञ्जेलसम्म सम्झिरहने छौ । र यो नेपाल आकाशमा चन्द्र,सुर्य रहुञ्जेल हामी नेपालीले जोगाउने कसम खाएर नेपालको सार्वभौमसत्ता,राष्ट्रियता र भौगोलिक अखण्डता रक्षामा लागेमा मात्र उनको योगदानको सच्चा कदर हुनेछ ।पाल्पा,डोटी,कुमाउ,देहरादुन,श्रीनगर,काँगडा जस्ता राज्यलाई नेपालमा गाभ्ने महान सेनापती । एकिकरणको अभियानमा नेपालको सुदुरपश्चिमको मोर्चा सम्हालेका अमरसिंह थापा अंग्रेजसंह नझुक्ने र नेपालको मात्र भलो चिताउने राष्ट्रप्रेमी थिए ।अंग्रेजहरुले विभिन्न लोभ लालच देखाउदा पनि आफ्नो स्वाभिमानमा अडिने सपुत ।के ती राज्य जितेर अमरसिंहलाई फाईदा थियो र ? थिएन बरु अंग्रेजहरुले दिएका राज्यका राजा बन्दा फाईदा थियो ।तैपनि नेपाल र नेपालीको एकिकरण अभियानलाई मन,बचन र कर्मले साथ दिएका नेपाल आमाका होनहार व्यत्तित्व । अहिलेका लोभि पापी नेताले धेरै कुरा सिक्नुपर्छ अमरसिंह थापाबाट । सन् १८१६ को सुगौली सन्धि पश्चात नेपाल र नेपालीको अपमान भएको महशुस गरि गोसाईकुण्डमा गएर आफ्नो प्राण त्याग गरे ।अहीलेका केहि लोभी पापी नेताले एकिकरणलाई साम्राज्यवादी र एकिकरणका समर्थकलाई पश्चगामी भन्दा ती भन्नेप्रति केहि दया पलाएर आउछ । हे मुर्खहरु ! तिमीहरु नेपालको भलो चाहन्छौ कि कसको ? तिमीहरुको वुद्दि कहिले पलाउला ???