एजेन्सी। का एक व्यक्तिले तीन वर्ष यता ७०० वटा भन्दा बढी जागिरमा कोशिस गरे तर जागिर भने पाउन सकेनन् । उनि क्षमता र पढाइ नभएका व्यक्ति पनि होइनन् । वास्तवमा तीन वर्ष अघि सम्म उनि वार्षिक ७० हजार पाउण्डको जागिर खान्थे तर जव उनको जागिरको कन्ट्रयाक्ट समाप्त भयो उनि बेरोजगार भएका छन्। तीन वर्ष यता उनले ७ सय जबमा अप्लाई पनि गरे तर उनले जागिर पाउँदै पाएनन् ।उनले कोशिस गरेका ७०० जागिर मध्य २० वटामा मात्रै उनलाइ अन्तर्वातामा बोलाइएको थियो ।
पहिले अकाउनटेन्ट रहेका कोलिन थिम्सन र उनकी श्रीमती एनी अहिले दिनमा एक छाक मात्रै खान्छन् । तर विकसित भनिएको बेलायतमा उनीहरु गरिब जिन्दगी बिताउँछन् ।
उनीहरु दुइ छोरा १५ वर्षिय म्याथ्यु र ११ वर्षिय सेवास्टियनलाई राम्ररी खुवाउन पनि उनिहरुले दुइ छाक खाना नखाएको वर्षौं भइसक्यो ।
पढाइ अनुसारको जागिर नपाएपछि कोलिनले ट्रक चलाउने र घरको काम गर्ने जागरि पनि उनले खाए तर सवैले उनलाई ओभरक्वालिफाइड भनेर उडाउने गर्दछन् ।
थिम्पसनको फाइनान्समा लामो र सफल अनुभव रहेको छ र उनले सन २००९ सम्म एउटा ठुलो कम्पनीमा अत्यन्तै आकर्षक जागिर खाने गर्दथे तर संसारै भरि आएको इकोनोमिक क्राइसिसले उनको जागिर बच्न सकेन् ।जागिर नपाउँदा र बेरोजगारीमा कसरी बाँच्ने भनेर थिम्पसनले एउटा कितावनै लेखेका छन् तर प्रकाशित गरिदिने कोही भेटेका छैनन् ।
ठुलो दुःखबाट पार लाग्दै गरेका थिम्सन दम्पति अव बिबिसि टेलिभिजनको एउटा कार्यक्रममा देखिदै छन् ।