Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

रोयल्टीको लागि भएको वार्ता सकारात्मक ,मस्रयाङदीको विद्युत रोयल्टी आँबुखैरेनी गाविसले पाउने निश्चित


भगवान खनाल १० साउन दमौली
विद्युत रोयल्टी बाँडफाँड तथा उपयोग निर्देशिका २०६३ को बुँदा ५ को ७३ मा उल्लेख भए अनुसार १५ प्रतिशत रोयल्टी रकम प्रदान गर्ने निर्णय भएको हो ।

आन्दोलनरत आँबुखैरेनीबासी र जिल्ला विकास समिति तनहुँबीच भएको साउन १० गते जिविसको सभाहलमा भएको वार्ता……तस्बिर ः भगवान खनाल

निर्देशिकाको बुँदा ५ ख मा जलविद्युतको जलाशयबाँध जलाशयमाथिको डुबान क्षेत्र जलशायमुनिको सुख्खा क्षेत्र सरुङ र पावर हाउस भएको गाविसले प्राधिकरणले जिविसलाई तिर्ने सम्बन्धित परियोजनाको रोयल्टी वापत १५ प्रतिशत रकम पाउने प्रावधान रहेको छ । यस निर्णय अनुसार आँबुखैरेनी गाविसले सो विद्युत गृहबाट जिविसले गत आर्थिक वर्ष २०६८/२०६९ मा पाएको १ करोड ३१ लाख रोयल्टीको १५ प्रतिशत पाउनेछ । सहमति अनुसार सो निर्देशिकाको बुँदा ५ को क र ग अनुसारको रोयल्टी रकमको लागि पन्ध्र दिनभित्र नेपाल सरकारको सम्बन्धित निकायमा आवश्यक सोधपुछपछि रोयल्टी रकम उपलब्ध गराउने निर्णय भएकोले आँबुखैरेनी गाविसले मस्रयाङदी विद्युत गृहको रोयल्टी पाउने निश्चितप्राय भएको हो । यसैगरी आन्दोलनरत् पक्षले हाललाई आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ । यस्तै मस्रयाङदी विद्युत गृहको रोयल्टी पाउनबाट तनहुँ जिल्लानै ठगिएकोले नेपाल सरकारको केन्द्रिय निकायमा जिविस र गाविस डेलिगेशन जाने निर्णय पनि भएको छ । दुई महिनादेखिको विभिन्न किसिमको भेटघाट र आन्दोलनबाट विगत छ वर्षदेखि जिविसले उपलब्ध नगराएको मस्रयाङदीको रोयल्टी अब नीतिगत रुपमै पाउने ढोका खुलेकोमा आँबुखैरेनीबासीहरु खुशी छन् । “आन्दोलनले रोयल्टी रकम पाउने भयौं ” वार्तामा सकारात्मक निर्णय भएको भन्दै आँबुखैरेनी गाविसका पूर्वअध्यक्ष समेत रहिसकेका कमलनारायण श्रेष्ठले भनें अबका दिनमा नीतिगत रुपमा निर्वाध रुपले रोयल्टी पाउने संभावना बढेको छ । श्रेष्ठ भन्छन् “हामी गत आर्थिक वर्ष २०६८/२०६९ मा सो विद्युत गृहको रोयल्टीवापत जिविसले पाएको १ करोड ३१ लाखको ५० प्रतिशत र आगामी आर्थिक वर्षचालू आर्थिक वर्ष समेतबाट नीतिगत रुपमा निर्देशिकामा व्यवस्था भए बमोजिमको रकम लिइ छाड्छौं । ”
आजको वार्तामा एनेकपा माओवादीकी नेतृ आशा खनाल, नेकपा माओवादीका जिल्ला अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, नेपाली काँग्रेसका सचिव बालकृष्ण घिमिरे, राष्ट्रिय जनमुक्ति पाटीकी अध्यक्ष मन्दिरा थापा मगर, नेकपा एमालेका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ सहभागि थिए । यसैगरी स्थानीय विकास अधिकारी छविलाल रिजाल प्रहरी नायब उपरीक्षक गौतमराज कट्टेल, प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पद्मलाल लामिछाने र आन्दोलनरत् पक्षबाट संघर्ष समितिका अध्यक्ष शालिग्राम अधिकारी कमलनारायण श्रेष्ठ, ऋषी केसी, काँग्रेसका सभापति गीरबहादुर थापा एमालेका अध्यक्ष वीरबहादुर विश्वकर्मा,जनमुक्तिका जिल्ला सदस्य ईन्द्रबहादुर मास्की, नस्तुराम कँडेल, केशरबहादुर केसी , गंगाराम कोइराला लगायतको सहभागिता रहेको थियो । उनीहरुबीच साँझ अबेरसम्म चलेको वार्ता चलेको थियो ।

: यदि तपाईहरु आँबुखैरेनी लगायत छिमेकी गाविसहरुको ताजा जानकारी जान्न चाहनुहुन्छ भने हाम्रो माथि रहेको फेसबुक पेजमा लाईक गर्नुहोस ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 26, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

July 2012
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: