आवुखैरेनीका स्थानिय र जिल्ला विकास समिति तनहुँ स्थानिय विकास मन्त्रालयमा डेलिकेसन जाने भएका छन् । मस्र्याङदी परियोजनाको संपुर्ण भौतिक संरचना गोरखामा पर्ने भनि स्थानिय मन्त्रालयले तनहुँ भन्दा गोरखालाइ वडि विद्युत रोयल्टि दिने भएकाले त्यसलाइ खारेजि गर्नुपर्ने माग राख्दै संयुक्त रुपमा डेलिकेसन जाने तयारी गरिएको हो । विहिवार विद्युत निर्देशिका २०६३ अनसार विद्युत रोयल्टि रकम पाउनुपर्ने माग राख्दै आन्दोलनरत आवुखैरेनीका स्थानिय र जिल्ला विकास समिति विच विहिवार भएको वार्ता जिल्लाका राजनैतिक दलका जिम्मेवार ब्याक्ति उपस्थिति नभइ आमन्त्रि र मनोनित जिल्ला सदस्यहरुलाइ मात्र बार्तामा राजनैतिक दलहरुले सहभागी गराएपछि १० गते राजनैतिक दलका जिम्मेवार ब्यक्ति सहित बार्ता गर्ने निर्णय भएको स्थानिय संघर्ष समितिका अध्यक्ष शालिग्राम अधिकारीले बताए । विहिवारको वार्तामा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पौडेल स्थानिय विकास अ
धिकारी छविलाल रिजाल डिएसपि गौतम कट्टेल मस्र्याङदी महाशाखाका प्रतिनिधी केशव खनाल विद्युत प्राधिकरण प्मुख र स्थानिय संघर्षा समितिको तर्फवाट संघर्ष समितिका अध्यक्ष शालिग्राम अधिकारी नागरिक समाजको तर्फवाट कमल नारायण श्रेष्ठ नेपाली काँग्रेसका तर्फवाट गिर वहादुर थापा पुर्व गाविस सचिव ऋषि केसी नेकपा माओवादीका कृष्णकुमार श्रेष्ठ नेकपा एमालेका विर वहादुर विक मिलनचोक खानेपानीका केशर वहादुर लगाएतको सहभागीता रहेकेा थियो । विहिवार भएको वार्तामा आवुखैरेनी लाइ लोडसेडिङ मुक्त गाविस घोषणा गर्न पहल गरिने र त्यसका लागी प्रकि्रयमा जाने सहमति पनि भएको छ । त्यसका लागी सीस्टम चेन्ज गरिने सहमति पनि भएको अधिकारीले जानकारी दिनुभएको छ । असार ३१ गते नेपाल विद्युत प्राधिकरणको ब्यापार साखामा लगाएको ताल्चा आज खोलिने र आज गरिने भनिएको सव स्टेशन वन्द पनि हाल का लागी स्थगित भएको अधिकारीले जानकारी दिए । १० गते को वार्ता निर्णएमा नपुगेमा पुन आन्दोलनको कार्यक्रम लाइ निरन्तरता दिने अधिकारी को भनाइ रहेकेा छ ।