हरेराम उप्रेती/ आवुखैरेनी ः आवुखैरेनी गाविस लाइ कालो प्लाष्टिक मुक्त क्षेत्र घाषणा गरिने भएको छ । उद्योग बाणिज्य संघ तनहुँको कालो पलाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम अनुसार आवुखैरेनी गाविसलाइ पनि कालोपलाष्टिक मुक्त क्षेत्र घोषणा गरिने उद्योग वाणिज्य संघ वजार इकाइ का अध्यक्ष सुनिल मल्ल्ा ले बताए । कालो पलाष्टिकमा माइक्रोन वडि हुँदा त्यसमा खानेकुरा वोक्दा त्यसले मानीसको स्वस्थ्यमा प्रत्यक्ष असर गर्ने हुनाले यसको प्रयोग गर्न नहुने हुँदा तनहुँ जिल्ला लाइ कालोपलाष्टिक मुक्त क्षेत्र घोषणा गर्न लागीएको हो । यस भन्दा अगाडि तनहुँकाब्यास नगरपालिका खुल्ला कालोपलाष्टिक मुक्त क्षेत्र घोषणा भइसकेको छ । अव तनहुँका वजार वजार खुल्ला पलाष्टिक मुक्त क्षेत्र घोषणा गरेर तनहुँ जिल्ला लाइ नै खुल्ला पलाष्टिक मुत्तः क्षेत्र घोषणा गर्न लागीएको हो र यसैअनुसार आवुखैरेनीमा पनि यो अभियान लागू हुन लागेको हो । तनहुँ जिल्ला लाइ असोज १ गते खुल्ला पलाष्टिक मुक्त जिल्ला घोषणा गरिदै छ । आवुखैरेनीमा पनि टोल टोलका घर घरमा गएर जनचेतना दिदै माइकिङ पोष्टरिङ गर्दै यस अभियान लाइ सफल वनाइने मल्लले जानकारी दिएका छन् । हामि यस अभियान अन्तर्गत आवुखैरेनीका संघ संस्था र स्थायि सँग प्रत्यक्ष रुपमा जनचेतना अभियान संचालन गरि सो अभियान सफल वनाउने मल्लले बताए । कालो पलाष्टिकको साँटो अर्को कुनै प्रकि्रया अपनाइ स्थानियलाइ सजिलो वनाउने मल्लको भनाइ रहेकेा छ । कालो पलाष्टिकको प्रयोग भने शुन्य नै वनाउने उहाँको भनाइ रहेको छ । यसै अभियानमा डुम्रे खैरेनीटार ले पनि यो अभियानमा सकि्रयताका साथ लागीपरेका छन् । उद्योग वाणिज्य सघले शुरु गरेको अभियान भएकाले आवुखैरेनी वजार इकाइ ले अभियान साचालन गर्ने मल्लाको भनाइ रहॆको छ ।