Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

रबर उद्योग वर्षमा ५६ दिनमात्र संचालन


भगवान खनाल
गोरखकाली रबर उद्योग लिमिटेड आर्थिक वर्ष २०६८-२०६९ मा ५६ दिन मात्र संचालन भएको छ । लगातार घाटामा गएको रबर उद्योगमा विभिन्न संघ संगठनले गरेको बन्द हड्ताल मजदुर यूनियनले गरेकेा बन्द हड्ताल र कच्चा पदार्थ अभावको कारण वर्षदिनमा ५६ दिन मात्र संचालनमा रहेको उद्योगका महाप्रबन्धक दिनेश बर्तौलाले बताए ।
गत आर्थिक वर्षमा उद्योग लगातार आठ महिना बन्द रहेको उद्योगलाई एक वर्षमा १२ करोड रुपैयाँ घाटा परेकेा बर्तौलाले बताए । उद्योगलाई एक दिन बन्द हुदा ७ लाख रुपैयाँ घाटा पर्दछ । संचालक समितिले कर्मचारी नियुक्त गरेकेा कारण स्थानीय नागरिकले गरेकेा गत आर्थिक वर्षमा दुईपटकसम्म उद्योग बन्द गरेका थिए । स्थानीयको बन्दको कारण संचालक समितिले कर्मचारी नियुक्ती बदर गरेको थियो । यसपछि एमाले निकट युवा संगठनले गरेको बन्द गरेको थियो । उद्योगका विभिन्न मजदुर इकाई र स्थानीयले गरेको बन्द करिब एक महिनासम्म उद्योग बन्द हुन पुगेको होू उनले भनें ूकच्चा पदार्थ समयमा आपूर्ति गर्न नसकी उद्योग बन्द भयो ।ू कच्चा पदार्थ अभावका कारण उद्योग महिनामा १२ दिनभन्दा बढी संचालनमा आउन नसक्ने पनि उनले बताए । यो उद्योग अहिले १ अर्ब २६ करोड ऋणमा छ भने ७६ करोड घाटामा छ ।
यसैबीच शनिबार उद्योगमा भएको सर्वपक्षीय अन्तरकि्रया कार्यक्रममा उद्योगलाई कसैले पनि बन्द नगर्ने सहमति भएको छ । उद्योग बचाउनको लागि उद्योग व्यवस्थापन स्थानीय मजुदर यूनियन र राजनितिक पाटी र संघ संगठनले उद्योग बन्द नगर्ने भएका हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 17, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

July 2012
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: