Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरनीबजारमा सगुन सहकारीको स्थापना


तनहुँको आँबुखैरनीबजारमा सगुन सहकारीको स्थापना भएको छ । हामी र हाम्रो समुदायको समृद्धिको आधार भन्ने मुख्य उद्धेश्य राखेर सहकारीको स्थापना गरिएको हो । सहकारीको उद्घाटन गर्दै सहकारी डिभिजन कार्यालय दमौलीका प्रमुख गौतम भण्डारीले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले मात्रात्मकरुपमा भन्दा गुणात्मक रुपमा सहकारीले नयाँ क्षेत्रमा हातहाल्दै ऋण परिचालन गर्नुपर्ने बताए । सहकारीका अध्यक्ष बसन्तराज श्रेष्ठले आँबुखैरेनी उदाउँदो बजार भएकोले यस क्षेत्रको विकासको लागि सहकारीले भूमिका निर्वाह गर्ने बताए ।
सगुन सहकारीसँगै आँबुखैरेनी वडा नं। ६ मा मात्रै ४ वटा सहकारी र एक सहकारीको शाखा कार्यालय स्थापना भएका छन् ।

Leave a comment

Information

This entry was posted on July 15, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

July 2012
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031