भगवान खनाल
मरस्र्याङदी जलविद्युतबाट प्रभावित तनहँको आँबुखैरेनीबासीहरु आन्दोलित भएका छन् । नेपाल विद्युत प्राधिकरणले मरस्र्याङदी जलविद्युत परियोजनावापतको रोयल्टी तिर्दै आएपनि जिविसले सो रकम नियमानुसार उपलब्ध नगराएको भन्दै आँबुखैरेनीबासीहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले गत हप्ता विहीबार जिल्ला प्रशासन कार्यालय दमौली र जिविस दमौलीमा आन्दोलनको घोषणा गर्दै ज्ञापन पत्र समेत दिएका छन् ।
विगत ६ वर्षदेखि परियोजनाबाट प्रभावित गाविसले पाउनुपर्ने रोयल्टी रकम कत्ति पनि नपाएकोले वाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको रोयल्टी संघर्ष समितिका शालिग्राम अधिकारीले बताए । उनीहरुले असार ३१ गते आइतबार विद्युत प्राधिकरणको आँबुखैरेनी ग्राहक शाखा बन्द गरेका छन् भने साउन ५ गते आँबुखैरेनीस्थित सब स्टेशन बन्द गर्ने र साउन ११ गते मरस्र्याङदी विद्युत उत्पादन केन्द्र बन्द गर्ने गरी आन्दोलनका कार्यक्रमहरु तय गरेका छन् । चालू आथ्ार्िक वर्ष २०६८/२०६९ मा यस परियोजनामार्फत १ करोड ३१ लाख रुपैयाँ जिविसलाई प्राप्त भएपनि जिविसले परियोजनाबाट प्रभावित जिल्लाकै एकमात्र गाविसलाई सो वापतको रोयल्टी दिएको छैन । जिल्लाका राजनितिक दल र जिविसको मिलोमतोमा प्रभावित गाविसलाई दिनुपर्ने रोयल्टी रकम हिनामिना गरिरहेकेा अधिकारी बताउँछन् । जिविसले गत ६ वर्षदेखि प्रभावित गाविसलाई एक रुपैयँँ पनि रोयल्टी रकम नदिएको आँबुखैरेनी गाविसका सचिव बुद्धिप्रसाद भुषालले बताए ।
जलविद्युत रोयल्टी वाँडफाँट र उपयोग निर्देशिका २०६३ को वुदाँ ५ क ख ग मा प्रभावित क्षेत्रले ५० प्रतिशतसम्म रोयल्टी रकम पाउने व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय स्वायत्त शासन ऐन २०५५को दफा २२० को १ मा जिविसलाई प्राप्त हुने रोयल्टी वापतको रकम स्थानीय स्वायत्त शासन नियमावली २११ र २१५ बमोजिम श्रोत उपयोग बाँडफाँटबाट गाविसलाई उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । विद्युत रोयल्टी निर्देशिका अनुसार प्रभावित गाविसले रोयल्टी पाउनुपर्ने माग उनीहरुले गरेका छन् । जिविसलाई आएको रोयल्टी रकमको ५० प्रतिशत रकम नपाएसम्म आन्दोलन नरोक्ने स्थानीय कमलनारायण श्रेष्ठले बताए । तीन वर्ष अघि पनि गोरखा र तनहुँका यस परियोजना प्रभावित गाविसले संयुक्त रुपमा आन्दोलन गरेका थिए । ूप्राधिकरणले अन्तराष्ट्रिय नियमअनुसार नदीमा दश प्रतिशत पानी पनि छोडेको छैनू श्रेष्ठले भनें यस वापतको रकम पनि लिइ छाड्छौं होइन भने प्राधिकरण विरुद्ध अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्छौं ।ू यसवापत प्राधिकरणले लगभग १ अर्ब रुपैयाँ हर्जना तिर्नुपर्ने अवस्था आउन सक्छ ।
मरस्र्याङदी जलविद्युत परियोजनाको विद्युत उत्पादन केन्द्र जलाशय र सुरुङ आँबुखैरेनी गाविसमा पर्दछ भने यसबाट यहाँको केही क्षेत्र डुबानमा र सुख्खा क्षेत्रमा परिणत भएको छ ।