हरेराम उप्रेती /आँबुखैरेनी्
आवुखैरेनी : विद्युत निर्देशिका अनुसार विद्युत प्रभावित क्षेत्रका रुपमा पाउनुपर्ने विद्युत रोयल्टि रकम नपाएको भन्दै आँबुखैरेनी् बासिन्दाहरुले पुन :आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । दुइ पल्ट सम्म जिल्ला विकास समितिको कार्यलय तनहुँमा डेलिकेसन जाँदा पनि आफनो माग को सुनुवाइ नभएको भन्दै आज संघर्ष समितिको अध्यक्ष तोकेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । संघर्ष समितिको अध्यक्षमा शालिग्राम अधिकारी लाइ चयन गरिएको छ ।
आँबुखैरेनीमा ७ मा अवस्थित मस्याङदी जलविद्युत परियोजनाको विद्युत उत्पादन केन्द्र हाल यसले ६९ मेगावट विद्युत उत्पादन गर्दै आएको छ । यस परियोजनाले सरकारलाई वार्षिक आम्दानीको रोयल्टी नेपाल सरकारलाई बुझाउदै आएको छ । अन्तराष्ट्रिय जल विद्युत नियामवलीअनुसार त्यसको केही रकम प्रभावित क्षेत्र -आँबुखैरेनी लाई बुझाउनुपर्ने व्यवधान रहेको छ । त्यसका साथै सेवा सुविधाहरु प्नि दिनुपर्ने उल्लेख रहेको छ । तर हालसम्म आबुखैरेनी एक पैसा पनि हात पार्न सकेको छैन यदि सरकारले आँबुखैरेनीलाई वार्षिक रुपमा रकम दिने हो भने नियम अनुसार ४ करोड दिनुपर्ने हुन्छ ।
> असार ३१ गते नेपाल विद्युत प्राधिकारण गा्रहक शाखा कार्यलय आवुखैरेनी वन्द गर्ने १० बजे
> साउन ५ गते आवुखैरेनी सव स्टेसन वन्द गर्ने
> साउन ११ गते मरस्याङ्गदी विद्युत उत्पादन केन्द्र वन्द गर्ने
यस पछि पनि माग पुरा नभए थप विरोधका कार्यक्रम सार्वजनिक गरिने अधिकारी ले वताउनुभयो । उक्त अल्टिमेटमा पत्रमा तिन राजनैतिक दलका प्रतिनिधिहरु नेकपा माओवादी का कृष्ण कुमार श्रेष्ठ नेपाली काँग्रेसका गीर वहादुर थापा नेकपा एमालेका विर वहादुर विक राष्ट्रिय जनमुक्ति पार्टिका इन्द्र वहादुर मास्की संयोजक शालिग्राम अधीकारी नागरिक समाजका कमल नारायण श्रेष्ठ ले हस्ताक्षर गरि जिल्ला विकास समितीको कार्यलय तनहुँ जिल्ला प्रशासन कार्यलय तनहुँ मा उक्त पत्र पठाएका छन् । उनिहरुले यस भन्दा अघि पनि दुइ पल्ट डेलिकेसन गइसकेका छन् । यही मागको विषयलाई २०६४ सालमा आँबुखैरेनी मनकामना देउराली र धुवाँकोट गाविसका बासिन्दाहरुले सयुक्त रुपमा आन्दोलन गरेका थिए ।