Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

ओलम्पिकलाई मध्य नजर गर्दै लण्डनको सुरक्षामा कडा, आतकंवाद गतिविधीमा संलग्न भएको आंशकामा ६ जनाको गिरफ्तारी


आँबुखैरेनी पोष्ट
आसन्न ओलम्पिककॊ मिति नजिकिदै जादाँ यसको सुरक्षामा पनि चुनौतिहरु थपिदै गएको छ । भर्खरै मात्र वेलायती गुप्तचरले ६ जना व्यक्तिहरुलाई आतकंवाद गतिविधीमा संलग्न भएको आंशकामा लण्डनको विभिन्न ठाउँहरुबाट पक्राउ गरेपछि आयोजक वेलायत सरकार ओलम्पिकमा आंतकवाद हमला हुन सक्ने खतराले सजक भएको छ ।
यी गिरफ्तार गरिएका छ जना मध्ये एक महिला पनि सम्मलित भएको कुरा थाहा भएको छ ।यिनीहरुले आतंक गतिविधिको योजना बनाउने र सुचना ओसार-पसार गर्ने शंकामा आतंकवाद सम्बन्धि कानुन २००० अनुसार उनीहरुलाई गिरफ्तार गरिएको थियो । यी शंकामा समातिएका सबैलाई दक्षिण पूर्वी लन्डनको प्रहरी चौकीमा हिरासतमा राखिएको कुरा थाहा हुन आएको छ ।पुलिसको अनुसार, २९ वर्षीय एक व्यक्तिलाई पश्चिमी लन्डनको एक सड़कमा समातिएको थियो भने २१ वर्षीय नाम नखुलेको पुरुष र एक ३० वर्षीय महिलालाई पश्चिमी लण्डनको अलग-अलग इलाकामा गिरफ्तारगरिएको थियो । बाँकी तीन व्यक्ति पूर्वी लण्डनको रेसिडेन्सी इलाकामा समातिएको थियो जसको उमेर २६,१८,र २४ सालको भएको बताइएको छ ।
पुलिसले लन्डनको पूर्वी, पश्चिमी र उत्तरी भागको आठ वटा रेसिडेन्सी इलाकाको साथ-साथै पूर्वी लण्डनको एक व्यापारिक इलाकामा पनि ब्यापक खोज जारी रहेको कुरा बताएका छन् । पुलिसको भनाइ अनुसार यिनीहरुले हुन गैरहेको आसन्न ओलम्पिक खेललाई असफल पार्नमा कृयाशिल रहेको र उक्त कार्यक्रमलाई बिथोल्न उनीहरु अग्रसर रहेको बताएका छन् भने यो कार्यक्रमलाई असफल पार्न आतंक बादी गतिबिधि गर्न खोज्ने शंकास्पद ब्यक्तिहरुको खोजीनिती भैरहेको कुरा बताएका छन् । यसैलाई मध्यनजर गरेर अहिले लण्डनको सुरक्षा स्थिती कडा पारिएको छ । पहिलाको तुलनामा प्रहरीहरुको व्यापक परिचालन गरेको छ भने मुख्य कार्यक्रम स्थल इस्ट लण्डनको स्टार्टफोर्डमा रहेको ओलम्पिक स्टेडियममा बेलायती सेनाको परिचालन गराइएको छ । त्यस्तै गरी ओलम्पिक खेल हुने वायु सुरक्षाको लागि इस्ट लण्डनमा क्षेप्यास्त्र समेत राखिसकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 9, 2012 by in national news.

Follow me on Twitter

listen merosathi fm

July 2012
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: