Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनीप्रतिको आकर्षण र यसको विकास


भगवान खनाल
तिसौं वर्ष अघि खुलेको आँबुखैरेनी गाविसको वडा नंं ६स्थित आँबुखैरेनीबजारको भित्रि भागमा रहेको भित्री बाटोको केही हिस्सा यस वर्ष स्तरोन्नती भएको छ । यस बाटोको आधाभाग सम्म नालीको व्यवस्था र बगैंचा क्षेत्रदेखि मुलसडकको उकालो भाग पींच पनि भएको छ । यसैगरी शिव मन्दिरबौद्ध गुम्बाको प्रवेशद्धार पनि पींच भएको छ । आँबुखैरेनी बजारको बजारीकरण त भएको थियो नै यो कार्य आँबुखैरेनीबजारको शहरीकरणको लागि ईंटा थप्ने ज्वलन्त उदाहरण हो । आँबुखैरेनीबजार व्यापारको हिसाबले हेर्दा पहाडी जिल्लाको कुनै सदरमुकाम भन्दा कम छैन । यहाँ विभिन्न कम्पनीहरुका डिलर राखेर वरपरका चार पाँचवटा जिल्लामा व्यापार गर्न व्यवसायीहरु सफल बनिरहेका छन् । ठोरीमा नुन लिन जादाआउँदा गोरखातिरका हिमालीहरु हिड्ने बाटो अहिले क्रंकिटमय बनेको छ । गोरखाको प्रसिद्ध मन्दिर मनकामनाको काखमा रहेको सबैभन्दा नजिकको बजार पनि हुनुले पनि आँबुखैरेनी प्रसिद्ध छ ।
आँबुखैरेनीको एउटा मुख्य प्लस प्वाइन्ट नै व्यापार हो । यो स्थान व्यापारको किल्ला बन्न सकेको आजमात्रै हैन हिजोदेखि नै हो । यसको विकास नै व्यापारबाट भएको हो । गोरखा धुवाँकोट चिनियाँखर्कका तुलसीनारायण मल्ल व्यापारको सिलसिलामा हाल बगैंचा रहेको स्थानमा बसेका थिए । मानिसहरु औलो रोग लाग्छ भनेर आँबुगाउँबाट बेसी झर्न डराइरहेका बखत उनी व्यापारको सिलसिलामा आँबुखैरेनी आएका थिए । पृथ्वी राजमार्ग खुल्नु र गोरखा सडक खुल्नुले आँबुखैरेनीको चमकधमक दु्रततर बनेको हो । मस्र्याङदी जलविद्युत र गोरखकाली रबर उद्योग झण्डैझण्डै आसपासकै समयमा आँबुखैरेनी वरपर आउनुले यहाँको अवस्था दिन दुई गुणा रात चौगुणा बढ्न बल पुग्यो । आँबुखैरेनीमा को बस्छ र हैन हामी बस्छौं भने मान्यताको विकास भइरहेको छ । यो निकै खुशी र स्वागतयोग्य पक्ष हो ।
पछिल्ला एक दशक वैदेशिक रोजगारको आम्दानी र बजारमा बस्नु पर्छ मान्यताले गर्दा आँबुखैरेनीका पाखोवारीदेखि खेतहरु घडेरी र घरमा परिणत बन्ने कार्य तीब्र छ । यो कार्य आउँदो दुई दशक अझै तीब्र हुने आँकलन गर्न सकिन्छ । यहाँ बेच्नेले किन्नेलाई भन्दा किन्नेले बेच्नेलाई मायाप्रेममा पारेका छन् । गाउँका मानिसहरु ओइरिएका छन् । यहाँ मन परेका ठाउँमा घडेरी पाउन मुस्किल प्राय बन्दै गएको छ । घडेरीको मूल्य आकासिएको बेच्नेले भाउ बढाएर भन्दा पनि किन्नेले चाहेजति दिदा भएको छ । उता यहाँका केही स्थानीयहरु चाहिँ बेच्दै राजधानी गएका छन् भने अरुहरु यहाँ आएका छन् । यहाँ आउनेहरु धनी हैनन् । गाउँका गरिब नै छन् । एक करोड त के हातमा पचास लाख हुनेहरु पनि आँबुखैरेनी आउँदैनन् । तर पनि अहिलेसम्मको स्थितिमा सामान्य स्कुले शिक्षादेखि क्याम्पससम्मको पढाइ खानेपानी सडकको पहुँच बिजुली सजिलो बजार प्रविधि आदिले गाउँबाट देश विदेश गएर हजारदेखि लाख कमाइ गर्नेहरुको रोजा ठाउँ बनेको छ आँबुखैरेनी । अझ एक वर्षदेखि यस ठाउँ वरपर रेल स्टेशन आउने भन्ने हल्लाले सबै पुलकित भएका छन् । आपसी मेलमिलाप यहाँको अर्को विशेषता हो ।

बजारले प्रशस्तै कमाउन पाएको छ भने गाउँले खर्चिने वातावरण आँबुखैरेनीमा पाउनुले यति सानो भूगोल सबैका आँखामा परेको छ । शायद यसमा दुईमत नहोला । यी आधारहरुले गर्दा केही लगानीकर्ताहरु यहाँ आकर्षित बनेका छन् । पछिल्लो समय नजिकैको नारीनघाट औद्योगिक करिडोरको लागि उपयुक्तस्थल बन्दै गएको छ । आँबुखैरेनी ग्रोइङ सिटी हो । आँबुखैरेनी गाविसका नौ वडा मध्ये सबैभन्दा घना बस्ती रहेको ६ नं। वडा नै समग्र आँबुखैरेनी प्रतित हुन्छ । यहाँनेर मैले अरु वडा र अरु वस्तीलाई अन्याय गर्न खोजेको हैन । राजमार्गमा पर्ने सत्रसय बरादी पनि क्रमश आधुनिक बन्दै गएको छ । अन्य भाग र वस्तीमा पनि सडक विजुली र विद्यालय उस्तै छन् । तर ६ नं। वडामा चाहिँ बजारको हिस्सा वरपरका जिल्ला र गाउँका मानिसहरु भित्रिने क्रम र विद्यालय गाविस भवन स्वास्थ्य चौकीहालसम्म तर अव यसको पनि स्तरोन्नति भई प्राथमिक स्वास्थ्य केन्द्र बन्दै छ । इलाका प्रहरी कार्यालय विद्युत टेलिकम बैक रेमिट्यान्सको कारोबार गर्ने निकाय तथा वित्तिय संस्था आदि रहेका छन् ।

जनसंख्या चाप बढ्दै जाँदा यसको स्वरुपलाई कुरुप हुन नदिन आँबुखैरेनीबजार र यसका भित्री वस्तीहरुको शहरीकरणको व्यवस्थापनको लागि राज्यले लगानी गरिरहेको छ । यो कुरा आँबुखैरेनीबासीले बुझ्न आवश्यक छ । यस वस्ती र यहाँको बसोबासलाई व्यवस्थित गर्न वा यसको योजनावद्ध शहरीकरणको लागि विगतमा कुनै पनि प्रयास नभएपनि विगत एक दुई वर्ष यताभने यसको शहरीकरण र व्यवस्थापनमा राज्यपक्षीय चासो बढनु बडासकारात्मक पक्ष हो । यसले गर्दा राज्यले यहाँको विकासमा लगानी गरेको कुरा प्रति आँबुखैरेनीबासीले गम्भीरतापूर्वक मनन गर्दै यस्तो कार्यमा टेवा पुराउनु पर्छ । राज्यको लगानी बढ्नु भनेको सर्वसाधरणको विकास हुनु हो । यही अनुसार सडकको स्तरोन्नती उपस्वास्थ्य चौकीको स्तारोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र निर्माणको प्रयास लगायतका कार्यहरु भइरहेका छन् । सरकारी निकायबाट सालिन्दाजसो बजेटहरु आउने कार्य जारी छ । सरकारले ५० लाख दिदा काम गर्ने ठाउँ नपाएर स्थानीयबीच आपसी झगडा गर्ने अवस्था नआउन स्थानीयमा चेतना विकास र उपयुक्त वातावरण निर्माण गरिनुपर्छ । होइन भने भोलिका दिनमा राज्यले लगानी गर्छुभन्दा ठाउँ नहुनेतर्फ पनि सचेत हुनुपर्छ । यसर्थ यस आलेखमा मेरो जोड कहाँनेर हो भने आँबुखैरेनी व्यवस्थित हुनुपर्छ । यसको शहरीकरणको लागि योगदान गर्नुपर्छ । यहाँ संरचनाहरु बनिसकेपछि ती कामहरु गर्न झन् अप्ठेरो पर्ने हुनाले त्यसो नहुदै योजनाबद्ध शहरीकरणको प्रयासको लागि कदम चाल्न यहाँ रहेका वा नरहेपनि यसलाई माया गर्नेहरुले सक्दो सहयोग गर्नुपर्छ ।
यस्तो अवस्थामा खासगरी यहाँको सडक पूर्वाधारहरु वलियो बनाउनको लागि नागरिक चेतनाको विकास हुनुपर्छ । सडक पूर्वाधार विकासको लागि भाँजो हाल्ने प्रयास गरिनुहुदैन । मानिसहरुको आगमन भएको देखेर बाटोघाटो खोलेर घडेरी विक्री गर्ने क्रम विगतदेखि तीब्र भइरहेकोले यस्ता कामहरुलाई संस्थागत गर्न जरुरी छ । कतिपय अवस्थामा खोलिएका बाटोहरु पुन बन्द गर्ने जस्तो कार्यले सडक पूर्वाधार विकासमा कतैनकतै ठेस लाग्छ । यहाँ नाली र ढल छैन । मानिस र घर भिरंदै जादा ढलनलको उत्तिकै चर्को समस्या रहन्छ । त्यसैले ढलको लागि स्थानीयले पहल गरे राज्यले आजभने आज भोलिभने भोलि लगानी गर्न तयार छ । यसलाई एकछिन सम्झदा कसैका जग्गा जाला वा केही अन्य किसिमको योगदान गर्नुपर्ला । तर यसले यहाँकेा भोलिको भविष्य कोर्नेमा भने शंका िकंचित पनि गर्नुपर्दैन । त्यसैले यहाँका बासिन्दाले राज्यले शहरीकरण गर्छु भनेकेा स्थानमा सहयोग र समर्थन जनाउनु श्रेयस्कर हुन्छ । खासगरी यहाँका रैथानेहरुले यसमा पहलकद्मी लिनुपर्छ ।
विविध अवसर र संभावनाहरु उत्तिकै रहेकोले आँबुखैरेनीको शहरीकरणमा स्थानीयले चासो देखाइ मार्ग प्रशस्त गर्नु जाती हुन्छ । आँबुखैरेनीबासीलाई चेतना भया ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 7, 2012 by in article/लेख/ स्तम्भ/साहित्य.

Follow me on Twitter

listen merosathi fm

July 2012
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: