Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

मजदुर महिलाहरुको कारण रवर उद्योग छ दिन देखि वन्द


हरेराम उप्रेती /आँबुखैरेनी् , मजदुर महिलाहरुको कारण छ दिन देखि गोरखकाली रवर उद्योग बन्द रहेको छ ।बढुवा प्रकि्रयामा भेदभाव भएको भन्दै उद्योग संचालनमा त्यहाँ कार्यरत महिला मजदुरहरुले अवरोध गरेका हुन् । दैनिक प्रशासन अगाडी धर्ना दिएर उनीहरुले उद्योग खुल्न नदिएका हुन् । महिला मजदुरहरुको बढुवा नभएको र एक वर्षअघि बढेको तलब नपाएको भन्दै महिला मजदुर आन्दोलनमा उत्रेका हुन् । शुक्रबार देखि उनीहरुले उद्योग बन्द गरेका हुन् । स्थानिय संघर्ष समितिको तालाबन्दीको कारण १३ दिन सम्म बन्द रहेको उद्योग खुल्न नपाउँदै फेरि मजदुर महिलाहरुले बन्द गराएका हुन् । दुई-दुई वर्षमा हुनुपर्ने बढुवा छ वर्ष सम्म पनि नभएपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको मजदुर महिलाहरुले बताए । बढुवा भएकाहरुको पनि राजनितिक आस्थाका आधारमा बढुवा गरिएको उनीहरुको आरोप छ । २१ दिने अल्टिमेटम दिदाँ पनि उद्योग व्यवस्थापन र प्रशासनले माग सुनाई नगरेपछि उद्योग बन्द गरेको आन्दोलनरत महिला मजदुर सन्तुमाया गुरुङले बताईन् । उद्योग नै बन्द गरेर आन्दोलन नगरे सम्म माग पुरा हुने स्थिति नदेखेपछि बन्द गरेका हौँ । उनले भनिन् । महिला मजदुरहरुको अल्टिमेटमको समय असार १५ गते सकिएको थियो ।अवधि र प्रकि्रया पुग्दा समेत ५८ जना मजदुर महिलाहरुको बढुवा नभएको उनीहरुको भनाई छ । ुकि कसैको पनि बढुवा हुनु हुदैँन ।ु सिता देवी खनालले भनिन् । ुबढुवा हुने भए सबैको हुनुपर्छ । बढुवा गर्दा पुरुष र राजनितिक विचारका आधारमा पक्षपात भएको आरोप उनीहरुको छ । उद्योग व्यवस्थापन र प्रशासनले नै भेद गरेको भन्दै उनीहरुले गुनासो गरे । ुकि तिमीहरु उद्योगका मजदुर होइनौँ भन्नु पर् यो ।ु गुरुङले भनिन् ुहोइन भने समान व्यवहार गर्नु पर्छ ।ु खनालले समान हैसियतका कोहि मजदुरको भने दुई वर्षमा नै वढुवा गरिएको केहिको छ वर्ष सम्म पनि नभएको बताईन् । उनले भनिन ुमजदुर मजदुर बिच नै पक्षपात भएपछि माग पुरा गराउन उद्योग बन्द गराएका हौँ ।ु

महिला मजदुरहरुले माग पुरा नभए सम्म उद्योग बन्दलाई निरन्तारता दिने बताएका छन् । गुरुङले भनिन हाम्रो मागलाई वेवास्ता गरे निरन्तर आन्दोलन जारी राख्छौँ ।ु उद्योग प्रशासनले दरबन्दी थोरै भएकाले सबैको बढुवा गर्न नसकेको जनाएको छ । जेठमा भएको बढुवामा छुटेकाहरुले उद्योग बन्द गरेका प्रशासन प्रमुख होमबहादुर पाण्डेले बताए । उनले भने केहि दिनमा नै दरबन्दी थप गरेर बढुवा गर्ने प्रकि्रया अगाडी बढाएका छौँ । दरबन्दी थपेर बढुवा प्रकि्रया मलाउने उनले जानकारी दिए ।
पछिल्लो समयमा उद्योग खुल्ने दिन भन्दा बन्द हुने दिन बढी भएपछि धरासायी बन्दै गएको छ । स्थानियबासी मजदुर युनियनको आन्दोलन र उद्योग व्यवस्थापनले उद्योग संचालन गर्न नसक्दा हरेक वर्ष करोडौँको घाटा हुने गरेकेा छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 6, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

July 2012
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: