Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

धुलेबाटोको कारण खानेपानी प्रदुषित


भगवान खनाल
छिम्केश्वरीमा गाडी पुराउने लक्ष्यका साथ खनिएको धुले बाटोले तनहुँ आँबुखैरेनी गाविस वडा नं ५ र ६ का लगभग सातसय घर परिवारले उपयोग गर्ने खानेपानीलाई बिगारिदिएको छ । पानीको मुहान र पाइपलाइनलाई वास्ता नगरी खनिएको धुले बाटोले दुवै वडाका मानिसले पिउने पानीलाई दिनहुँ प्रदुषित बनाएको हो ।

छिम्केश्वरी लैजान खनिएको सडकको कारण आँबुगाउँबाट आउने बाढी पहिरोले पुरिदिएको खहरेखोलास्थित मिलनचोक खानेपानी आयोजनाको मुहान र ट्याकीं । तस्बिर ः भगवान खनाल

आँबुखैरेनी ६ को गाविस भवन वरपर क्षेत्र पिप्ले, ढाँड पानीखट्ट र ५ को मिलनटार र मस्र्याङदी आवास क्षेत्रका बासिन्दाले पिउने पानी धुले बाटोको कारण प्रदुषित बनेको हो । पानीको मुहान रहेको खहरेखोला माथिबाट लगिएको सडकमा बाढीपहिरो जादा मुहान पुर्ने लेदो आउने र पाइपलाइन बगाउने समस्या आएको छ । यस्तै जथाभावी डोजर लगाउँदा पानीको पाइपलाइन टुटफुट हुने र छुट्ने समस्या आएको छ ।
छिम्केश्वरीमा पर्यटन विकास गर्नको लागि गाविसदेखि केन्द्रीय स्तरबाट आएको रकमबाट वि।स। २०६६ देखि खनिएको जरेबहर-आँबुगाउँ-छिम्केश्वरी सडकले मिलनचोक खानेपानी आयोजनाको पाइपलाइन र मुहानमा गरी ४ लाख भन्दा बढीको क्षति गरेको हो । आकाशबाट पानी परेको दिन खानेपानीको मुहानमा बाढी पहिरो पस्नाले धाराको पानी धमिलो हुने गरेको छ । पानीको गुणस्तरियता खस्केको मिलनचोक खानेपानीका अध्यक्ष केशरबहादुर केसी बताउँछन् । जहाँ पायो त्यहींबाट बाटो खन्नाले खानेपानीको मुहान र पाइपलाइन ध्वस्त बनाएको केसीले बताए ।
यस सडकमा पहिलोपटक ७ लाख लगानीमा खनिएको ठाउँमा अहिले बाख्रा हिड्न पनि मुस्किल पर्छ ।यो बाटोको कारण पाइपलाइनमा पहिरो आउने समस्या बनेको थियो । यसैगरी गत बर्ष खनिएको बाटोले भोर्लेपानीबाट बगेर आउने बाढीपहिरो लागेर मुहानमा समस्या बनायो । मुहानमा समस्या आएपछि खोलापारीबाट पाइपलाइन खन्यौं र एकसय मिटर माथि मुहान बनायौंू अध्यक्ष केसीले भनें यो मुहान माथिबाट अर्को सडक खनिएकोले फेरी समस्या आएको छ । पछिल्लोपटक आँबुखैरेनीको खर्क र घोक्रिङ बस्तीमा सडक लैजान खनिएको बाटोले पानीलाई प्रदुषित बनाएको हो । पानीको लागि धेरै दुख गरेपनि जथाभावि सडक खनिदिदा समस्या भएको उपभोक्ता कल्पना श्रेष्ठले बताइन् । छ विकासको नाममा विनाश भएको छ उनले भनिन् । खानेपानीको गुणस्तर सुधार्ने बाहेक अर्को विकल्प नरहेको केसी बताउँछन् । यसको लागि टि्रटमेन्ट प्लान्ट बनाउँनुपर्छ तर खानेपानीसँग रकम छैन केसीले भनें ूसरकारले मिलनचोक खानेपानीको आयोजनाको लागि टि्रटमेन्ट प्लान्ट बनाउन सहयोग गर्नुपर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 6, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

July 2012
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: