भगवान खनाल
पोखरा जान आएको एक पर्यटक बस पृथ्वीराजमार्गको आँबुखैरेनीमा रोकिन्छ । बसबाट झरेका पर्यटकहरु बजारमा कतै आँखा पनि नलगाई सरासर शौचालयमा पस्छन् । शौचादि गरेर निस्केकी चिनियाँ पर्यटक जिया होङ चाहिँ शौचालय राम्रो रहेको बताउँदै निस्किन् । होङका केही साथीहरु वरपरका फलफूल दोकानमा झुम्मिएका छन् । उनीहरुले मोलमोलाइ गरें र आँप किनें ।
यस्तै दृश्य सधैजसो देख्छिन् आँबुखैरेनीस्थित लक्ष्मण होटलकी संचालिका सेतीकुमारी श्रेष्ठ । होटलपारी रहेको शौचालय देखाउँदै उनले भनिन् ूयो शौचालय बनेपछि दिनहँ कुहिरेअरु आउँछन् दिशा पिसाब गर्छन् र स्याउ सुन्तला लगायतका फलफूल किन्ोर जान्छन् ।
तीन वर्षअघि स्थानीय चोकचिसापानी टोलसुधार समितिले सार्वजनिक शौचालय निर्माण गरेपछि आँबुखैरेनीमा पर्यटकहरु शौचादिको लागि झर्ने र मौसम अनुसारका फलफुल किनमेल गर्छन् । राजधानी र चितवनबाट पोखरा जाने पर्यटकहरु शौचादिको लागि आँबुखैरेनीमा ओर्लने गरेका हुन् । पर्यटकहरु आउन थालेपछि शौचालयको सफाइमा निकै ध्यान दिइएको छ । पर्यटकहरु झर्न थालेपछि वरपरका होटलहरुले फलफुलको व्यापार पनि शुरु गरेका छन् । होटलसँगै फलफुल राखेकी एक होटलवालाले सुन्तलाको मौसम धेरै पर्यटकहरु आउँने गरेको बताइन् ।
शौचालय ठेक्कामा लिएर संचालन गरिरहेका भुवनिसंह थापा शौचालयको कारणले पर्यटकहरु आँबुखैरेनीमा बस रोक्ने गरेको बताउँछन् । शुरुशुरुमा थाहा नभएकोले कम आउँथे तर अहिले भारतीय र अन्य मुलुकका पर्यटकहरु बस रोकेर शौचादि गर्न आउने उनले बताए ।
गाइडले सधैं बस यहीं ल्याएर रोक्छन् अनि टुरिस्ट झरेर दिशापिसाब गरेर जान्छन् थापाले भनें अंग्रेजी नयाँसालमा त दिनमा चालिस वटा सम्म बस रोकिएका थिए ।ू हिजोआज दिनमा पन्ध्रसोह्रवटा सम्म बसहरु रोकिने गरेको छ । एकपटक आएको गाइडले शौचालय देखेर पटकपटक टुरिस्टलाई ल्याउने गरेको उनले बताए । शौचालय सफा देखेर पर्यटकहरु खुशी हुने गरेको एकजना पर्यटक गाइड तेज श्रेष्ठले बताए । उनी भन्छन् ूबाटोमा अन्यत्र कतै पनि सार्वजनिक शौचालय छैन पर्यटकलाई सरसफाइ चाहिन्छ जुन आँबुखैरेनीको सार्वजनिक शौचालयमा छ ।ू पर्यटकहरुले पार्किङ खोज्ने गरेको थापा बताउँछन् ।
उनले समितिलाई मासिक २ हजार ४ सय रुपैयाँ बझाउँछ भने दिनको तीनसय रुपैयाँसम्म कमाइ गर्छन् । यहाँ पिसाब गरेकेा दुई र दिशा गरेको पाँच रुपैयाँ शुल्क लाग्छ ।
चिसापानीचोक टोल सुधार समितिका अध्यक्ष कमलनारायण श्रेष्ठले यात्रीहरुलाई लक्षित गरी शौचालय बनाएको बताए । चोकमा गाडी रोकेपछि यात्रीहरुले शौचालय नभएपछि सडकमै दिशा पिसाब गर्दा वातावरण प्रदुषित हुने भएकोले समितिले चन्दा र सहयोग मागेर शौचालय बनाएको उनले बताए । शौचालय बनाउन ५ लाख ३० हजार खर्च भएको छ । शौचालयमा महिलापुरुषका गरी फरकफरक शौचादि घर छन् । दुवै घरमा तीनवटा कोठा र पिसाव घर छन् ।
चिसापानीचोक टोलसुधार समितिले स्थानीय एक सामुदायिक वनसँग जग्गा मागेर शौचालय बनाएको हो । समितिले सफाइमा ध्यान दिएको छ । यस शौचालयको प्रयोगको अन्य स्वदेशी पर्यटक यात्री र चार घर स्थानीयले समेत गर्दछन् । शौचालयमा पानी खपत भएवापत आँबुखैरेनी खानेपानीले अतिन्यून शुल्क लिने गरेको छ ।