Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गाउँलेलाई चोकमानको सलाम-नमस्ते


चाँदनी हमाल, चितवन, असार १८- विषालु च्याउले बाबुआमा र तीन दाजु गुमाएपछि प्रधानसेनापति छत्रमानसिंह गुरुङको पालनपोषणमा रहेका चोकमान प्रजाले आइतबार सबै गाउँलेलाई सैनिकले जस्तै सलाम नमस्तेले अभिवादन गरे।

सलाम ठोक्दै चोकमान

दुई वर्षीय चोकमान आइतबार चिटिक्क परेर नेपाली सेनाकै पोसाकमा कविलास चौकीडाँडास्थित घर फर्किएका थिए। [caption प्रधानसेनापति गुरुङ र उनकी पत्नी कमला गुरुङ सेनाको एक टुकडीसहित उनलाई लिएर चौकीडाँडा पुगेका थिए। सैनिक जवानकेा लस्करमा ‘सान’सँग फर्किएका चोकमानले स्थानीय स्कुलमा आयोजित कार्यक्रममा अभिवादन गर्दा गाउँलेको आँखा रसाए। गाउँमा नयाँ मानिस र क्यामेरासमेत देखेर डराउने चोकमान सबैसँग निडर प्रस्तुत भएका थिए।
‘काला नङ, कानभरी कानेगुजी, जिउभरी मयल, शरीरमै विष थियो भने पनि हुन्छ। मैले तीन-चार दिन अस्पतालमै राखेर सफा बनाए,’ प्रधानसेनापति गुरुङले भने, ‘अहिले हेर्नुस् त चोकमान चिटिक्क भइसक्यो।’ उनले नचिनी जथाभावी जंगली च्याउ नखान र सफा सुग्घर रहन गाउँलेलाई सल्लाह दिए। ‘चेतनशील बन्नुहोस्, आफूसँगै घरगाउँ सफा राखेर स्वस्थ खानेकुरा मात्र खानुहोस्,’ उनले भने। आफ्ना परिवारको तेह्रौं दिनको कार्यक्रममा सामेल हुन उनी गाउँ फर्किएका हुन्। ‘अब त हामीलाई चिन्दैन होला माया पनि गर्दैन होला,’ ७३ वर्षकी हजुरआमा सनसारी प्रजाले चोकमानलाई काखमा लिँदै भनिन् ठूलो मान्छे बनेर गाउँमै फर्के हुन्थ्यो।’
उनले सँगै रहेको ६ महिने नाति भने आफैंले हुर्काउने बताइन्। ‘यसकै मुख हेरेर दिन बिताउँछौं,’ चोकमानका ६ महिने भाइ हेर्दै उनले भनिन्।
हजुरबुबा मइते प्रजाले पनि चोकमानलाई काखमा केहीबेर खेलाइरहे। हजुरबुबा र हजुरआमालाई साथ पाउँदा चोकमान नौलो मानेर सलाम-नमस्ते नै गर्दैथिए। छोरा बुहारी बुद्धिबहादुर र सोमतीसहित तीन नाति गुमाएका वृद्ध दम्पती दुवै नातिलाई पालैपालो हेर्दै हर्षले रोइरहेका थिए।
चोकमान गाउँ फर्कने खबरसँगै उनलाई भेट्न सिंगै गाउँ उर्लिएको थियो। ‘सानो चोकमान ठूलो मान्छे बन्यो भनेर भेट्न आएको,’ छिमेकी सानुमाया गुरुङले भनिन्, ‘अब त उसले होइन, हामीले पो उसलाई नमस्कार गर्नुपर्ने होला।’
चिटिक्क ठाँटिएर आएका चोकमानलाई देखेदेखि गाउँलेहरूमाझ उनको चर्चा चलिरह्यो। ‘कस्तो थियो कस्तो भयो चोकमान,’ स्थानीय माया घर्ती अरु महिलासँग भन्दैथिइन्, ‘गाउँमै बसेको भए हामीजस्तै फिरन्ते हुन्थ्यो होला है।’
गत जेठ ३१ गते जंगली च्याउ खाँदा चोकमानको परिवारका पाँच जनाले पालैपालो ज्यान गुमाएका थिए। परिवारमा ६ महिने दूधे बालक र दुई वर्षे चोकमान टुहुरा भए। बृद्ध बाबुआमाले बुढेसकालको सहारा गुमाए।
प्रधानसेनापतिसँगै गाउँ पुगेका सैनिक विशेषज्ञहरूले विषालु च्याउबारे गाउँलेलाई सचेतसमेत गराए। ‘चिल्लो, टल्किने, चम्किने र रातो रंगको च्याउन खान हुन्न भन्ने सल्लाह हाम्रा विशेषज्ञको छ,’ भरतपुरस्थित शम्सेर दल गणका गणपति ज्योतिन्द्र महतले भने, ‘छुँदा रंग परिवर्तन हुने च्याउ पनि विषालु नै हो।’
हर्रो, बर्रो, थाकल, कुरिलो जस्ता नेपाली जडीबुटी र वनस्पति प्रयोग गर्न पनि गाउँलेलाई सेनाको टोलीले सुझाए। कविलास पुगेको सैनिक श्रीमती संघले एक सय २१ घरधुरी चेपाङ परिवारलाई चामल, चिनी, चिउरा र लत्ताकपडा बाँडेको थियो। संघले राहत सामग्री पनि वितरण गरेको थियो।
सैनिक श्रीमती संघकी अध्यक्ष कमला गुरुङले राहत मात्रै नभई जनचेतना दिन आफूहरू गाउँ आएको बताइन्। nagariknews

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 3, 2012 by in national news.

Follow me on Twitter

listen merosathi fm

July 2012
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: