कैलासवावु श्रेष्ठ/गोरखा
नेपालकै एक मात्र गोरखकाली रबर उद्योग विगतमा संघर्ष समिती र उद्योग प्रशासन विच भएको सहमती नाघेर उद्योगमा मजदुर नियुक्ती गरेको भन्दै गोरखाकाली रबर उदोग बचाउ स्थानिय समितीले बन्द गराएको हो ।
उद्योग प्रशासनले सहमती विपरीत बनेपा र धनगढीको डिपोको लागि भनी ६ जनालाई नियुत्ती गरेको भन्दै समितीले उद्योग बन्द गराएको हो ।
संघर्ष समितीका अध्यक्ष जित वहादुर भट्टले स्थानिय संघर्ष समिती र गोरखकाली रबर उद्योग लि. ब्यवस्थापन पक्ष विच विगतमा भएको सहमती विपरीत नियुक्ती खारेज गनुपर्ने र सहमती भएका कुरा कार्यान्वयन गनुपर्ने भन्दै गत जेष्ठ २७ गते देखी पहिलो चरणको आन्दोलनमा प्रशासन घेराउ कार्यक्रम सम्पन्न गरी सकेको र दोस्रो चरणको आन्दोलन अन्तरर्गत जेष्ठ ३२ गते देखी असार ७ गते सम्म उद्योगको मुख्य द्वारमा नै तालाबन्दी गरी उद्योग वन्द गराउदै आएको छ ।
समितीले आज मझुवा देउरालीमा रहेको उद्योग प्राङ्गणमा पत्रकार सम्मेलन गरी भोली देखी चेस्रो चरणको आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरेको कार्यक्रममा आन्दोलनलाई अझै सशत्त बनाउने भन्दै उद्योगमा रहेको मजदुर यूनियनहरुलाई बन्दका क्रममा धर्ना वस्न समेत आग्रह गरीएको छ । उद्योगमा रहेको अखिल नेपाल औद्योगिक मजदुर संघ, नेपाल स्वतन्त्र केमीकल तथा आइरन मजदुर यूनियन र नेपाल कारखाना श्रमीक संघले यस अघि नै समितीले गरेको आन्दोलनको समर्थन गर्दै आएको छ ।
उद्योगका महा प्रवन्धक दिनेश बतौला बनेपा र धनगढीको ढिपोको लागि कर्मचारी नियुत्ती गरेको स्विकार गर्दै आन्दोलनकारी संग छलफल गरेर आउदो सोमबार सम्ममा उद्योग संञ्चालन गर्ने बताउनु हुन्छ । वार्डको अध्यक्षमा मधु कुमार मरासिनी हुदा हुदै पुनः उद्योग मन्त्रालय बाट लक्ष्मण भट्टराईलाई अध्यक्षमा नियुत्त गरेकै कारण मरासिनीले आफुलाई अपमानित गरेको भन्दै साधारण सभा समेत रद्व भएको छ । अध्यक्ष बोर्डले नियुत्त गर्ने हो । यो कुरा मन्त्रालयलाई थाहा रहेनछ । प्रतिनिधी भनी पठाउनुपर्ने थियो । गलत भएकोले आज वा भोली सम्ममा वार्ड बैठक गरेर आन्दोलनकारीको माग बारेमा सम्बोधन गर्ने छौ\’ भन्नु हुन्छ बतौला ।
यो सवै समस्या राजनैतिक हस्तक्षेप भएकै कारण भएको भन्दै आउदो सोमबार सम्ममा वार्ता समिती बनाएर समस्या समाधान गर्ने बताउनु हुन्छ महा प्रवन्धक बतौला । केन्दि्रय कार्यालय समेत गोरखाको मझुवा देउरालीमा रहेको उद्योग प्रशासनले राजधानी बाटै बनेपाको लागि ढक वहादुर गुरुङ्ग, मदन के.सी. र सरोज अंगाईलाई नियुत्ती दिएको छ भने धनगढीको लागि दुई जना महिला सहित बलराम कट्टेललाई नियुत्ती दिएको हो ।