आँबुखैरेनी बजारमा बस्ने बासिन्दालाई यो पनि भन्नु पर्ने कुरा हो र भन्या ?
गाँउको तुलनामा बजारमा बस्ने मानिसहरु तुलनत्मक रुपमा सभ्य र शिक्षित नै हुन्छ । सबैले भन्ने कुरा पनि यहि नै हो । गाँउमा भन्दा बजार तिर सुविधा र साधनको प्रयोगले बजारका मानिसहरु धेरै कुरामा अगाडी भएका हुन्छ । तर आँबुखैरेनी बजारको हकमा भने यो कुरा सत्य सावित नभएको पुष्टी भएको छ ।

बाबा हेर्नुस त आँबुखैरेनी चोकमा सिधै सानो खोलामा शौचादी मिसाइएको । हैन यस विरुद्ध बोल्ने कोही छैन क्या हो ।
आँबुखैरेनी बजार विकासको हिसावले धेरै अगाडी भएता पनि सोच र विचारमा भने निकै पछाडी रहेको हालै मस्र्यागदी नदी र बजारकै चिसापानी खोलामा थुपि्रदै गएको फोहरहरुको रासले प्रमाणित गरिदिएको छ ।

लौ हुदाँ हुदाँ तल मस्यागदी खोलामा पनि बाँकी राखेनन् । बजारमा जम्मा भएका फोहरहरु फालिएका फोहरहरु
तनहुँकै दोस्रो ठूलो ब्यापारिक बजार मानिने आँबुखैरेनीमा देखिदै गएको यस्तो किसिमको समस्याले बजारको र बजारमा बस्ने मानिसहरुको ब्यबहारमा प्रश्न चिन्ह खडा गरिदिएको छ । गर्मी याममा सरुवा रोगहरु फैलनै संभावना तिव्र हुन्छ । यस्तो अवस्थामा पनि आँबुखैरेनी बजार विशेष गरी तल्लो बजार र आँबुखैरेनी चोकका बासिन्दाहरु निर्धक्क भएर जानी जानी मस्र्यादी खोलामा दैनिक घरबाट निस्कने फोहर मैला र शौचादी सिधै खोलामा मिसाइदिने गर्ने गरेका छन् । पत्यार लाग्दैन भने आँबुखैरेनी चोकमा र मस्यागदी पुलमा गएर हेर्नुभए हुन्छ । खोलामा गएर हेर्नु भयो भने आँबुखैरेनी बजारका शिक्षित मान्छेहरुको हैसियत खोलामा थुपि्रएको फोहरले प्रस्ट देखाइरहेको हुन्छ । अझ दुखको कुरा यसलाई नियन्त्रण गर्न समिति पनि बन्या झै लाग्थ्यो खै कुनी कता गयो त्यो समीतिका सदस्यहरु । सायद उहाँहरु पनि खोलामा फोहर मिसाउने अभियानमा छ जस्तो लाग्छ ।

शिक्षित व्यक्तिहरुको घरबाट सिधै खोलामा पाइप बाट मिसाउदै । क्या मज्जा छ ।
के गर्ने बजारमा पनि फोहर मलाई भन्ने विनहरु नभएका पनि हैन । सुगुरलाई स्वर्ग जान्छस भनेर सोध्यो भने स्वर्गमा गु पाईन्छ भने झै विन त नाम मात्रको हो । खोला तिर जानु भयो भने प्रस्ट देख्नु हुन्छ । जे भएपनि गर्मी छ हेर्नुस चोकमा गएर केही कुरा खान मनलाग्यो भने माखाहरु छलेर खानुस है सायद त्यही खोलाबाट आएको हुनसक्छ । सावधान कुनै दिन यस्ता फोहरहरुले गर्दा सरुवा रोगहरु तपाइको घरमा आउन सक्छ ।

लौ जा खोलामा त बंगुर पनि पालिदिए । गु जति सबै खोलामा बगाए बगाओस नबगाए मिलेर खाउँला
अब तपाईहरु लाई यस बारे चित्त बुझदैन भने । चिसापानी खोलामा जानुस बाहिरबाट त देख्देन अहिले अण्डर ग्राउण्ड भएर बग्छ क्या हो । भित्र गएर हेर्नुस सिधै शौचादी मिसाएको छ । अनि तल पुलतिर जानुस खोलामा फोहरको थुप्रो छ । अझ बेलुका जानुभयो भने त फोहर फाल्नेहरुको लाम नै लाग्छ । तै पनि लेखकको मनमा लागेको कुरा के हो भने बजारमा बस्ने शिक्षित मान्छेहरुलाई पनि यस्तो पनि भन्नु पर्ने कुरो हो र भन्या गाँठे ।हुनत सत्य जहिले पनि तितो हुन्छ भिडमा यो लेख मन नपराउनेहरु पनि हुन सक्छ यो कुरा हजुरहरुलाई मन परे एउटा लाईक हानिदिनुस न त तै पनि जानि जानि फोहर फाल्ने शिक्षित व्यक्तिले फेसबुक बाट त हेर्छ उसले गर्दै आएको करामत । गल्ती भए माफ गर्नुस मैले पनि फोटोमा र समाचारमा देखेकौ यही नै हो । कि कसो ?
Like this:
Like Loading...
Related