Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँगनैभरि अँगुरको झुप्पा


शब्द /तस्बिर : अनिल श्रेष्ठ, आँबुखैरेनी
यतिबेला मनकामना–६, कान्टारका वीर बहादुर बसेल,५२, को घरको आँगन भएर हिँड्नेहरु उसको आँगनमा पुगेर एकैछिन टक्क अडिन्छन् । मुलबाटोमै छ यिनको घर । यिनको घरको आँगनमाथि आकाश छोपेर घरका बार्दलीसम्म छोपिन पुगेका अँगुर दानाका झुप्पाहरु देखेपछि भने हिँड्नेहरु दङ्ग पर्छन् ।

मनकामना–६, कान्टारका वीर बहादुर बसेलको घर आँगनमा लछप्प फलेका यी अँगुरका दाना

यो अँगुरको रोचक कथा छ वीर बहादुरसँग ।
अँगुरको बिरुवा भन्ने थाहा पाएपछि आठ बर्षअघि पाल्पाबाट घरमा लगाउन हुन्छ भनेर शौखले ल्याएको बताउने वीर बहादुरको लागि यो अँगुरको बोटले अहिले सानो तिनो आम्दानी नै दिएको छ । २०६० सालतिर उनको सालोको कानको मासुको अप्रेशन गर्न पाल्पा मिसन अस्पताल जाँदा उनले बाटोमा लछप्प परेका अँगुरका लोभलाग्दो दृश्य देखेका थिए । फर्कंदा उनले प्रति गोटा २५ रुपैंया हालेर दुईवटा अँगुरका बिरुवा ल्याए । एउटा सालोले लगे । अर्को उनले घरको आँगनमा ल्याएर सारे ।
‘घरको आँगनको शो हुन्छ भनेर सारेको, अहिले धेरैथोरै आम्दानीको बाटो पो भाछ’ ।
वीर बहादुर भन्छन्– ‘विरुवा सारेको ३ बर्षमा नै अँगुरले फल दियो । प्रत्येक बर्ष २०÷२५ के जीको दरले फल दिइरहेको छ ।’
अहिले उनको घर आँगनमा दुईवटा अँगुरका वोट छन् । दुईटै बोटले फल दिएको छ ।
पोहोर भने उनले ७० केजी अँगुर बिक्री गरे । एउटै झुप्पा एक केजी सम्म हुन्छ । प्रति केजी ८० रुपैंयादेखि १०० रुपैंयासम्म बिक्री गरेको उनी बताउँछन् । छरछिमेक र घरमा आएका पाहुनाहरुलाई बाँडेरै पनि उनले ६७ हजार आम्दानी गर्छन् । ‘कतिपयले थाहा पाएर घरमै पनि आउँछन् र आधाआधी घरमै बिक्री हुन्छ । आधा भने बजार लगेर बेच्छु ।’ वीर बहादरले भने ‘यसपटक भने असिनाले बिगार्न पाएन । एक क्विन्टल फल लाग्छ होला ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 27, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

May 2012
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: