बमबहादुर गुरुङ
पश्चिमााचलको सदरमुकाम पोखराको प्रवेशद्वार तनहुँ जिल्लाको पूर्वी गाउँ विकास समिति आँबुखैरेनीको वडा नं। ६ तल्लो बजारस्थित मस्र्याङदी नदी र दरौंदी नदीको संगमस्थलमा बौद्ध सदन गुम्बा आँबुखैरेनी अवस्थित छ । गुम्बा प्रसिद्ध ऐतिहासिक मन्दिर मनकामना र छिम्केश्वरीको काखमा छ भने गुम्बाको पारीपट्टी ऐतिहासिक रामशाहघाट छ । गुम्बाको पूर्वमा शिव मन्दिर अवस्थित छ भने गुम्बाको आडैमा साइराम भवन रहेको छ ।
बौद्ध सदन गुम्बा वि।सं ०५६ सालमा विधान पारित गरी वि।सं २०५७ सालमा तनहुँ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । अन्य सामाजिक संघ संस्था जस्तै बौद्ध सदन गुम्बा एक सामाजिक संस्था हो । साथै यो एक धार्मिक संस्था पनि हो । मानव हित र कल्याण गर्नुनै गुम्बाको परम उद्देश्य हो । स्थापनाकालदेखि आजसम्म अनेकौं आरोहअवरोह पार गर्दै बौद्ध सदन गुम्बा आँबुखैरेनीले मानव कल्याणको निम्ति सक्दो भूमिका खेलिरहेको छ ।गुम्बा स्थापनामा खासगरी मेरो धेरथोर भूमिका रहेकोले स्मारिकमा उल्लेख गर्नु सान्दर्भिकनै ठानेको छु । कुनै पनि संस्था जन्माउन र हुर्काउन निकै चुनौतिपूर्ण हुँदोरहेछ भन्ने अनुभव संगालेको छु । गुम्बाको जग उपयुक्त समयमा हाल्न सकेकोले गुम्बा आजको अवस्थामा आइपुगेको महसुस गरेको छु । जुनसकै मानिसलाई पनि थकाइ लाग्दा सुस्ताउनलाई चौतारी र शीतलताको लागि छाहारी आवश्यक पर्ने रहेछ । मेरी श्रीमतीको वि।सं। २०३९ सालमा निधन भएपछि म पत्नी वियोगमा परें । मनलाई शान्त राख्न अध्ययन गर्न थाले । यसक्रममा मैले भगवान गौतम बुद्धका पुस्तकहरु पढ्न थालें । ती पुस्तकहरु पढेपछि साह्रैनै प्रभावित भएँ । भगवान गौतम बुद्धका उपदेशहरु पढ्दा मेरो अन्तरआत्मामा भगवान गौतम बुद्धका उपदेशहरु गढ्न थाले । यसैले अन्तरआत्माबाटै केही गरौं भन्ने भावनाको जन्म भयो । मैले मानव हितमा सकेसम्म काम गर्छु भन्ने सोचें । खासगरी म बौद्धमार्गी भएको नाताले गुम्बा स्थापना गर्ने सांेच पलायो ।
वास्तवमा गुम्बा सबै सम्प्रदायको हो । बौद्धमार्गी हुनेभन्ने कुरा जन्मसिद्ध भन्दा व्यावहारिक हो । हिजो जातले बुद्धिष्ट थिए अहिले व्यवहारबाटै छु । भगवान गौतम बुद्धको पाचशील र अष्टमार्गलाई मैले संभव भएसम्म पालना गर्ने कोशिस गरिरहेको छु ।
आँबुखैरेनी-६ स्थित मस्र्याङ्दी नदी किनारमा स्वर्गीय पण्डित नारायण पोख्रेलले वि। सं। २०५६ सालमा सप्ताह लगाउनु भएको थियो । राम शाह उच्च माध्यामिक विद्यालयले प्रदान गरेको जग्गामा शिव मन्दिर निर्माण गर्नको लागि सप्ताह आयोजना गरिएको थियो । मलाई आँबुखैरेनीमा गुम्बा स्थापना गर्न पाएँ हुन्थ्यो भन्ने लागिरहेकेाले सप्ताह आयोजना कै अवसरमा तत्कालीन सप्ताह आयोजक समितिसँग गुम्बाको लागि जमिन उपलब्ध गराइँदिन प्रस्ताव राखें । यस विषयमा सप्ताह आयोजक समितिकै सकि्रयतामा बृहद् छलफल भयो । आँबुखैरेनीका व्यापारी बुद्धिजीवी राम शाह उच्च माध्यामिक विद्यालय व्यवस्थापन समिति एवं अन्य सरोकारवालाहरुसँग भएको घनिभूत छलफल पछि सबैको सहयोग र समर्थनमा गुम्बा स्थापनाको लागि जग्गा उपलब्ध गराउने निर्णय भयो । यसरी वि। सं २०५६ साल माघ ७ गते राम शाह उच्च माध्यामिक विद्यालयले कित्ता नं। ४९४ भएको अन्दाजी तीन रोपनी क्षेत्रफल जग्गा गुम्बालाई प्रदान गरिदियो । हामीलाई जग्गा उपलब्ध गराइदिएर सहयोग गर्ने राम शाह उच्च माध्यामिक विद्यालय परिवारलाई हृदयदेखिनै धन्यवाद अर्पण गर्दछौं । पूर्वतर्फ गुम्बा गेट अगाडि रहेको वरको रुख पश्चिम र दक्षिणमा विद्यालयकै जग्गा र उत्तरमा मस्र्याङदी नदीको किनारा सिमाना रहेको जमिन गुम्बाले चर्चेको छ ।
जग्गा पाएपछि मेरो अन्तरआत्मामै पलाएको गुम्बा स्थापना गर्ने सपनाले मूर्तता हासिल गरेको सम्झन्छु । मेरो गुम्बा स्थापना गर्ने हिम्मत आँट र साहस क्रमशः थपिदै गयो । तत्कालीन अवस्थामा कप्तान नेपालिसंह गुरुङको अध्यक्षतामा आमभेला गरी मेरो अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनाएर काम अघि बढायौं । सो कार्यसमितिमा उपाध्यक्षमा नेपालिसंह गुरुङ सचिवमा स्वर्गीय गंगाबहादुर गुरुङ कोषाध्यक्षमा भेषबहादुर गुरुङ हुनुहुन्थ्यो । यस्तै सदस्यहरुमा धनबहादुर गुरुङ नरबहादुर गुरुङ श्रीमती सीता गुरुङ श्रीमती इन्दिरा गुरुङ डोलबहादुर थापा कृष्णबहादुर गान्द्राङ र च्याङवा थकाली हुनुहुथ्यो । । हामीले विद्यालयले दिएको जग्गाको साँध सीमाना छुट्याउने जग्गा मिलाउने कार्य ग-यौं । समितिले जग्गा संरक्षणको लागि पर्खाल लगाउने काम ग-यो । गुम्बामा त्यतिबेला ४५ जना आजीवन सदस्य थियौं भने अर्कोतिर गुम्बालाई अझै गतिशील बनाउनको लागि वि। सं २०५७ साल बैशाखमा श्री राजकुमार श्रेष्ठज्यूको संयोजकत्वमा एक सल्लाहकार समिति बनायौं । गुम्बा स्थापना गर्न हामीले पोखरास्थित अर्घौं सदन गुम्बाका प्रमुख स्वर्गीय उमरध्वज गुरुङसँग सरसल्लाह लियौं । सबैको सल्लाहमा गुम्बाको सिलान्यास गर्ने कुरा भयो ।
२५४४ औं बुद्ध जयन्तिको अवसरमा ०५७ साल बैशाख ५ गते मेरा पूजनीय पिता स्वर्गीय तुलविर गुरुङको हातबाट गुम्बाको सिलान्यास गरियो । विल्कुलै शुन्य अवस्थामा गुम्बाको सिलान्यास गरिएको थियो । सिलान्यास गरिएपछि गुम्बा निर्माण गर्नु निकै चुनौतिपूर्ण थियो । भवन बनाउनको लागि हामीले व्यक्तिगत रुपमा चन्दा माग्नेदेखि सरकारीदेखि अन्य निकायमा र शुभेच्छुकहरुसँग सहयोग माग्यौं र जुटाउँदै पनि गयौं । भवनसँगसँगै पर्खाल गेट प्रतिक्षालयहल शौचालय धारा पानी बिजुली लगायतका कामहरु पनि सगँसँगै गर्दै लग्यौं । शुन्य बिन्दुबाट घस्रदै घ्रसदै अहिले बौद्ध सदन आँबुखैरेनी गुम्बा आजको अवस्थामा आइपुगेको हो ।
गुम्बाले आफ्ना नियमित कार्यक्रमहरु गर्दै आएको छ । गुम्बामा समयसमयमा प्रवचन दिने प्रत्येक वर्ष बुद्ध जयन्ति मनाउने सिन्दूब्रत र ङयूनीब्रत राख्ने गरिन्छ । बुद्ध जयन्ति मनाउँदा खीर खुवाउने गरिन्छ ।
हामीले गुम्बाको पर्खाल लगाउँदा अनुमान गरेको पैसाले पुगेन । तत्कालीन कार्यसमितिका सदस्यहरुबाट व्यक्तिगत रुपमा राम्रो रकम सहयोग गर्नुभयो ।
गुम्बामा वि। सं। २०५८ साल भाद्रमा पोखराबाट लामा ल्यायौं । गुम्बाको आन्तिरक कार्य हरु संचालन गर्नको लागि पनि कुनै पनि श्रोतहरु थिएनन् । त्यसैले प्रत्येक पूर्णिमा र औंसीमा आजीवन सदस्यले । एकएक माना चामल र मासिक पचासपचास रुपैयाँ उठाउने निर्णय ग-यौं । यसरी उठेको चामल चाहिँ गुम्बामा बस्ने लामाको खानाको लागि प्रयोग गरिन्छ । चामल चाहिँ अहिलेपनि लान्छौं भने पैसा उठाउने काम छोडियो । गुम्बाको कोष बढाउन आन्तरिक रुपमा बौद्धमार्गीहरुले गुम्बा भित्र पित्तृ कार्य गर्दा एकहजार रुपैयाँ लिने न्वारान शुभविवाह र ४९ दिनको पित्तृकार्यमा बत्ति बाल्दा ५०० रुपैयु लिने गर्छौं ।
आफूले गरेको कामबाट मानिसहरु सन्तुष्ट हुदा आफूलाई पनि आनन्द लाग्ने रहेछ । खासगरी गुम्बामा पाल्नु भएका स्वदेशी वा विदेशी पाहुनाहरु सन्तुष्ट हुदा म पनि सन्तुष्ट छु । भियतनाम जापान श्रीलंका बर्मा भारत थाइल्याण्ड लगायतका मुलुकबाट शान्ति पदयात्री आउँदा हामीले स्वागत गर्न पाएका छौं । उहाँहरुलाई गुम्बाले आतिथ्यता प्रदान गर्ने अवसर पाएको छ । गुम्बा निर्माणधीन अवस्थामै हुदा हामीले काठमाण्डौंबाट लुम्बिनी जान आएको शान्ति पदयात्राको समूहलाई स्वागत गर्ने अवसर पायौं । बौद्ध दर्शन तथा विकास समितिले आयोजना गरेको ुशान्ति पदयात्रा कार्यक्रमु मा सहभागि हुन आउनु भएका विभिन्न स्थानका लामा गुरुहरुलाई गुम्बाले आतिथ्यता प्रदान गर्ने अवसर पायौं । यस्तै ुअन्तराष्ट्रिय बुद्ध परियति उदय विहारु का अधिपति आचार्य जटिल भन्तेज्यूको नेतृत्वमा विभिन्न पटक वर्षवर्षमा भिक्षाटन कार्यक्रम गरेका छौं । लुम्बिनीमा भएको शान्ति स्तुपाको उद्घाटनमा हामीलाई पनि निम्ता आयो र हामीले पनि उपस्थिति जनाउने मौका पाउँदा खुशी छौं ।
गुम्बामा ०५९ मा ढलौटको मूर्ति राख्यौं । पैसा भएर त हामीले कहिल्यै पनि काम गर्न पाएनौं । यो कुरा माथि पनि आएको छ तर मैले पुनरावृत्ति गरें । गुम्बामा वि। सं २०६० साल देखि बार्षिक रुपमा ह्युमपति पाठ बाचन विश्व शान्ति पूजा गरिदैं आइएको छ । यस कार्यमा नेपाल लामा संघ कास्कीले पाँच वर्षसम्म निशुल्क रुपमा लामा उपलब्ध गराएर साथै अन्य किसिमले सहयोग गर्दै आएको छ । यस्तै वि। सं। २०६१ सालमा माने राख्ने काम ग-यौं । गुम्बामा १७६ वाट मानेहरु छन् । माने भित्र ओम माने मेपे हुँ हि्र भनेर लेखिएको मन्त्र हुन्छ । स्व-मोक्ष प्राप्तिको लागि माने घुमाउने गरिन्छ । त्यसैले हरेक गुम्बाको बाहिर माने राखिन्छ ।
प्रथम तनहँु महोत्सव २०६३ मा गुम्बाले झाँकीमा सहभागिता जनायो । यसमा तृतीय भयौं । केही समय गुम्बाका गतिविधिमा सुस्तता पनि आयो । २०६६ सालमा गुम्बामा बुद्धको जीवन कहानीछ्याल हाल्ने काम गर्यौं ।
गुम्बामा वि। सं २०६० साल हामीले गुम्बालाई सबै जात धर्म र संस्कृतिका साझा र समावेशी बनाउन पहल ग-यौं । यो गुम्बा समावेशी गुम्बा हो । धर्म कुनै व्यक्ति विशेष मात्र हुदैन । यसमा कसैको स्वार्थ हुदैन । जो पनि जान सक्छन् प्रवेश गर्न सक्छन् । मेरो ख्यालमा भए अनुसार बौद्ध सदन गुम्बा आँबुखैरेनीनै नेपालको एकमात्र समावेशी गुम्बा हो । हाम्रो कार्यसमितिमा गुरुङ तामाङ थकाली मगर नेवार जातिका मानिसहरु हुनुहुन्छ । यस्तै अन्य जातिका मानिसलाई पनि हामीले सदस्य हुन आह्वान गरेका छौं । भविष्यमा यो कार्य अझै विस्तार हुने सोचेका छौं ।
लामा संघका महासचिव लामा मिनबहादुर गुरुङले गुम्बा सिलान्यासदेखि आजसम्म निरन्तर सहयोग गर्दै आइरहनु भएको छ । वहाँ प्रति गुम्बा परिवार आभारी छ । यस्तैगुम्बा निर्माणको क्रममा पोखरा उपमहानगरपालिका-तल्लोदीप निवासी दाइ क्याप्टेन फलबहादुर गुरुङले पु-याउनु भएको सहयोग प्रति हामी आभारी छौं । यस्तै हाम्रा हरेक कार्यक्रमहरुमा सहयोग पु-याउने मस्र्याङ्दी बालज्योति बोडिङ सनसाइन बोर्डिङ बालशिक्षा सदन बोर्डिङ रामशाह उच्च माध्यामिक विद्यालय एक्टिभ र ब्राइट फ्युचर बोर्डिङ प्रति धन्यवाद दिन्छौं । यस्तै नेपाल लामा संघ कास्की प्रति बौद्ध सदन गुम्बा आँबुखैरेनी आभार प्रकट गर्दछौं । यसैगरी कास्कीस्थित नागबेली समाजले गरेको सहयोग प्रति हामी आभारी छौं । यस्तै गुम्बा भित्र छेसुङ प्रदान गरेर सहयोग गर्नुहुने श्रीमती दिलकुमारी गुरुङ प्रति आभारी छौं । यस्तै आफ्ना स्वर्गीय छोराको स्मृतिमा सुवेदार डिलबहादुर गुरुङ र श्रीमती वनसुवा गुरुङले गुम्बाको प्रवेशद्धार बनाएर गर्नुभएको सहयोग प्रति आभारी छौं । गुम्बा स्थापनादेखिकै कार्यसमिति सल्लाहकार समितिका सबै सदस्यहरु धन्यवादका पात्र हुनुहुन्छ । नेपाल सरकारको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएकोले त्यहाँबाट विभिन्न समयमा पटकपटक गरी तीन लाख दश हजार सहयोग प्राप्त गरेका छौं । यस्तै तमु छोंज धी आमा समूह आँबुखैरेनीले सहयोग गरेकेा छ । यसको लागि गुम्बा विकास समिति र तमु छोंज धीलाई धन्यवाद दिन्छौं ।
गुम्बाको विकासको लागि प्रत्यक्ष परोक्षरुपमा आर्थिक भौतिक नैतिक लगायत तबरबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद अर्पण गर्दछौं । आँब्ाुखैरेनीबासी र यहाँका हरेक संघसंस्थाको सहयोगमा गुम्बाको विकास संभव भएको कसैका सामु छिपेको छैन । धेरैजनाको सहयोग र सद्भावबाट गुम्बा आजको अवस्थामा आइपुगेकोमा हामी नतमस्तक छौं । मलाई यो भन्दा बढी आनन्द जीवनभर कहिलै पनि आउँदैन शायदै । भोलिका दिनमा पनि यहाँहरुले गुम्बाको विकासमा महत्वपूर्ण सहयोग गर्नु हुनेछ र सदैव सद्भाव राख्नु हुनेछ भन्ने पनि अपेक्षा गरेका छौं ।
सबैलाई शुभमंगलम् ।
(बौद्ध सदन गुम्बा आँबुखैरेनीका अध्यक्ष गुरुङको यो लेख केही सुधारसहित गुम्बाले बैशाख २४ गते विमोचन गरेको स्मारिकामा प्रकाशित छ । यहाँ उल्लेख नगरिएका केही शब्दहरु स्मारिकामा रहेको कुरा अवगत गराउन चाहान्छौं ।)