भगवान खनाल
गोरखामा रहेको प्रसिद्ध ऐतिहासिक मनकामना मन्दिरको जीर्णोद्धार हुने भएको छ ।
चारसय वर्ष पहिले बनेको मन्दिर कमजोर भएपछि नेपाल सरकारले जीर्णोद्धार गर्न लागेको हो । सरकारले मन्दिर जीर्णोद्धारको लागि चालू आर्थिक वर्षमा करोड रुपैयाँ उपलब्ध गराएको छ । अर्थ मन्त्रालयबाट संस्कृति मन्त्रालय हुदै मनकामना क्षेत्र विकास समिति मातहातमा करोड रुपैयाँ आएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष दिनेश जोशीले बताए । सरकारले दिएको रकमबाट जीर्णोद्धारको लागि काठ किन्ने प्रकि्रया शुरु गरिएको जोशीले बताए । जिणोद्धार कार्य दुईवर्ष समयावधिमा सक्ने गरी काम शुरु भइरहेको छ ।
मन्दिर जीर्णोद्धारको लागि ६० लाखको काठ चाहिने भएको छ । टिम्बर कर्पोरेशनसँग काठको लागि सम्झौता भइसकेको छ जोशीले भनें टिम्बर कर्पोरेशनले काठ संकलन गर्ने कार्य शुरु गरिसकेको बताएको छ । यस्तै जीर्णोद्धारको लागि पाँच करोड बराबरको सुन लाग्ने भएको छ । हाल मन्दिरमा रहेको पित्तलको छाना हटाएर तामाको छाना राखी सुनको जलप लगाइने भएकोले बढी खर्च सुनमा लाग्ने भएको जोशीले बताए । यो वर्ष सरकारले दिएको रकमबाट ४० लाखको सुन राष्ट्र बैंकबाट खरिद गरी लकरमा राख्ने व्यवस्था गरिने उनले बताए । यस्तै इँटा काष्ठ कला लगायत शीर्षकमा लागि पनि खर्च लाग्ने भएको छ ।
मनकामना मन्दिर जीर्णोद्धारको लागि रकम जुटाउन विभिन्न स्वेदेशी विदेशी संघ संस्था लगायत व्यक्तिगत रुपमा पनि प्रयासहरु भइरहेको छ । मन्दिरका पूजारी इन्सान थापाले पाँच लाख रकम सहयोग दिने भएका छन् भने काठमाण्डौं उपत्यकामा रहेका विभिन्न भक्तजनहरुले पनि लाखौं रुपैयाँ सहयोग गर्ने भएका छन् । पूजारी इन्सान थापाका अनुसार विभिन्न व्यक्ति र संघसंस्था सहयोग दिने भन्दै आउने गरेका छन् ।
मनकामना क्षेत्र विकास समितिको प्रोजेक्ट र मनकामना दर्शन प्रा। लिले तयार गरेको प्रतिवेदनमा मनकामना मन्दिर कमजोर रहेको निष्कर्ष निकालेको थियो । यस्तै पुरातत्व विभागकै अवकाशप्राप्त विशेषज्ञले तयार गरेको प्राजेक्टमा पनि मन्दिरको जग भित्ता छानोको अंशअंश गरी जिर्णोद्धार गर्न सकिने उल्लेखित थियो ।
मन्दिर पूर्वतर्फको गारो पाँच इन्च ढल्केको कारण जीर्ण छ । भित्रीभागको उत्तरदिशाको गारो चर्केको मन्दिर काठका थामहरु र चुकुलको भरमा अडेको छ । मन्दिरको चौबिस इन्च बाक्लो भित्ता मुसाले वारपारै खोलेका कारण ठूलाठूला प्वालहरु परेको छ । मन्दिर भित्र दिनहुँ मुसाले निकालेका फोहोरको थुप्रो हुन्छ । गारोमा लगाइएको इँट्टा पक्लपक्ल आएको कारण टायल लगाएर नआउने बनाइएको छ । गजुर राखिएको ठाउँमा भएको प्वालको कारण वर्षाको पानी चुहिन्छ । पश्चिमीभागमा ०५५ मा आएको पहिरोले क्षति बनाएको छ । । मन्दिरको दक्षिणी ढोका बिगि्रएको प्रदक्षिणापथका थामहरु सबै एकैलाइनमा नभएको अध्ययन प्रतिवदेनमा रहेको छ । मन्दिरमा िझंगटी हटाएर पित्तलको छाना हल्दा स्लोप नमिलेको बाहिरबाटै देखिन्छ । वि। सं १९९० र २०५८ सालको भुकम्पले दक्षिणी छानाहरु फाटेकोले जीर्णोद्धार गर्न लागिएको हो ।
मन्दिरमा यस अघि वि सं १९२८ मा सुरेन्द्रविक्रमको पालामा पित्तलको छाना राखिएको थियो । यसैगरी वि। सं २०१६ सालमा तल्लो छाना जीर्ण भएकोले िझंगटी हटाई जस्ता राखिएको थियो । यस्तै २०२६ सालमा तल्लो छानाको जस्ता हटाई पित्तल राजा महेन्द्रले पित्तल राखेका थिए । मनकामना मन्दिरको लम्बाई ७ दशमलव ०३ मिटर चौडाई ६ दशमलब ९९ मिटर उचाइँ १३ मिटर भित्ताको मोटाइ शुन्यदशमलव ६८ मिटर छ ।मनकामना १ र ३ को १३०२ मिटर अग्लो कफ्याक डाँडामा रहेको दुई तले मन्दिर सत्रौं शताब्दीमा बनेको हो । यो मन्दिर दचि अप्पा र साधारण इँटा काठमाटो ढुंगा पित्तल र िझंगटीबाट बनेको छ ।