हरेराम उप्रेती, आँबुखैरेनी
न्यायोचित तरिकाले विद्युत रोयल्टी रकमको माग गर्दै आएका देउराली वासन्दिाले बुधवार तिन घण्टा गोरखा आवुखैरेनी सडक खण्ड अन्तर्गत मझुवा देउराली चौकीको नजिकै को सडक खण्डमा चक्का जाम गरेका छन् । दिउँसो आँबुखैरेनी गोरखा पुलमा भेला भएका स्थानीय बासिन्दाहरुले रोयल्टी पाउनु पर्ने नारावाजी गर्दै सडक अबरुद्ध पारेका थिए । सडक अबरुद्ध पार्ने क्रममा सडक खुलाउन गएका प्रहरी संग आन्दोलनकारीको भनाभन समेत भएको थियो । भनाभन पछि प्रहरीले लाई पक्राउ गरी लगेको थियो । उनीहरुलाई पक्राउ गरेको केही समय पछी नै छाडेको थियो । मझुवा चौकि सडक जाम गरेका संघस्र समितिले कोण सभा गरेर समापन गरिएको थियो । आफ्नो मागको सुनुवाई नभए २५ गते विहान पाँच वजे वाट वेलुकी सात वजे सम्म सडक जाम गरिने संघर्ष समितिका उपसंयोजक जितवहादुर भट्टले वताए ।