रोयल्टी रकम न्यायोचित नभएको भन्दै देउरालीबासी विरोधमा उत्रिए
भगवान खनाल, आँबुखैरेनी
गोरखाको देउरालीबासीहरु विद्युत रोयल्टी रकम न्यायोचित रुपमा नपाएको भन्दै विरोधमा उत्रिएका छन् । गोरखा र तनहुँको सिमानामा रहेको मस्र्याङदी जलविद्युतको वाँधबाट प्रत्यक्ष प्रभावित रहेकेा देउराली गाविसलाई जिल्ला विकास समितिले न्यायोचित रोयल्टी नदिएकोले देउरालीवासीले विरोध गरेका हुन् । रोयल्टी रकमको न्यायोचित वितरण गर्नुपर्ने मुख्य प्रभावित क्षेत्र पहिचान गर्नुपर्ने जस्ता माग राखेर उनीहरुले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेका हुन् ।

तस्बिर ः रोयल्टी रकम न्यायोचित रुपमा पाउनुपर्ने माग राख्दै सडक बन्द गर्दै मस्र्याङदी विद्युतबाट प्रभावित देउरालीबासीहरु । भगवान खनाल
उनीहरुले नेपाल विद्युत प्राधिकरणले जिल्ला विकास समितिलाई उपलब्ध गराउने रोयल्टी रकम नियमअनुसार पाउनु पर्ने भन्दै शुक्रबार अमरिसंह राजमार्गमा एक घण्टा चक्का जाम समेत गरेका थिए । यो वर्ष प्राधिकरणले २ करोड ४ लाख रुपैयाँ उपलब्ध गराएकोमा जिविसले न्यून रकम मात्र दिएपछि विरोधमा उत्रिएको स्थानीय विद्युत रोयल्टी संघर्ष समितिका संयोजक हरिबहादुर खनालले बताए । ूजिविसले अहिलेसम्म प्रभावित गाविसलाई दिनुपर्ने रोयल्टी रकम नदिएर बेइमानी गरिरहेको छू खनालले भनें ूहाम्रो माग नियमानुसार पाउनुपर्ने रोयल्टी रकम निरन्तर रुपमा पाउँ भन्ने हो ।ू समितिले गत पुषदेखि चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको छ । समितिको माग प्रति जिविस र जिल्लाका तीन प्रमुख पार्टी नेतृत्वले वेवास्ता गरेको संघर्ष समितिका उपाध्यक्ष जीतबहादुर भट्टले बताए । संघर्ष समितिले आन्दोलनका कार्यक्रममा गाविस स्तरीय तीन पाटीका इकाइ नेतृत्वले जिल्ला पार्टी सामु सामूहिक राजिनामा दिने अनिश्चिकालीन देउराली गाविस नाका बन्द गर्ने लगायतका कार्यक्रम तय गरेको भट्टले बताए ।
गत फागुनमा जिल्ला परिषद् हुनुभन्दा अगावै राजनीतिक नेतृत्व र स्थानीय विकास अधिकारीसँग रोयल्टी रकमको बारेमा लविङ गरिएपनि पाउनुपर्ने जति नपाइएको स्थानीय युवा भानु थापा बताउँछन् । पहिलेपहिले आफूहरुलाई रोयल्टी रकमबारेमा थाहै नभएको र जिविसमा आएको रोयल्टी रकम अन्यत्रै लगिने गरिएकोमा अहिले बुझेपछि माग गर्दापनि जिल्लाले रोयल्टी रकम अन्यत्रै लैजाने गरेको आरोप देउरालीवासीको रहेको छ । नेपाल सरकारको विद्युत निर्देशिकामा विद्युत गृहबाट प्रभावित गाविसले विद्युत रोयल्टी वापत पचास प्रतिशतसम्म रोयल्टी रकम उपलब्ध गराउनु पर्ने नियम छ । जिविसले यो नियम पालना नगरी यस वर्ष अत्यन्त कम रकम दिएकोमा देउरालीबासीले आन्दोलन गर्दै आइरहको हुन् । यस विद्युत गृहबाट प्रभावित गोरखाका देउराली धुवाँकोट मनकामना पालुङटार च्याङली र गाइखुर गरी छ गाविस मध्ये देउराली सबैभन्दा पीडित र प्रभावित गाविस हो । वाँध रहेको स्थान वरपर देउराली ३ को गोप्लिङमा ६ सय रोपनी जमिन डुबानमा परेको छ । यस्तै वाँध मुनिको वातावरण दिनहँु उजाडिदै गएको छ । खडेरी सुख्खा र वातारणीय संकट निम्तिदै गएको छ ।
Like this:
Like Loading...
Related