शंकर उप्रेती . आँवुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था को १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आवुखैरेनी क्याम्पस प्राङगडमा भएको कार्यक्रम नथुराम कँडेलको सभापतित्वमा सम्पन्न भएको थीयो । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण कार्यलय पोखराका डाइरेक्टर रामचन्द्र देवकोटा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका इन्जिनियर हरिदत्त पौडेल मस्र्याङदी आवासीय माविका प्रेन्सीपल भगवान दास मल्ल आवुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि केसी ,सल्लाहाकार समितिका सदस्य उपेन्द्र देवकोटा लगायतले मन्तब्य राख्नुभएको थियो । २०६८ श्रावण देखि चैत्र सम्मको १७ लाख ४१ हजार २ सय २४ रुपैयाको आय ब्याय विवरण उपभोक्ता समितिका सचिव सानुकाजी थापा ले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै २०६९-२०७० को अनुमानीत आय ६० लाख ४० हजार रुपैया आय ब्याय विवरण पनि प्रस्तुत गरिएको थियो । आवुखैरेनी उपभोक्ता समितिमा हाल ७७८ घर धुरी रहेका छन् भने आवुखैरेनीकै ठुलो सस्तो र स्वस्थ खानेपानी को रुपमा पनि यस संस्था परिचचित रहिआएको छ ।