शंकर उप्रेती वैशाख, ६
राष्ट्रिय भिटामीन ए र जुगाको औषधि खुवाउने राष्ट्र ब्यापी कार्यक्रम अन्तर्गत आज आवुखैरेनी गाविसको नौ वटै वडामा ११ केन्द्र कायम गरि औषधि खुवाइएको छ । ६ महिना देखि पाँच वर्ष सम्मका वालवालीकालाइ भिटमीन ए र जुगाको औषधी खुवाइको आवुखैरेनी स्वास्थ्य चौकीका इन्चार्ज अगम राज उपाध्याय ले जानकारी दिनुभएको छ । यो उमेरका वालवालीका आवुखैरेनी गाविसमा करिव २२ सय रहेको उहाँले जानकारी दीनुभयो । २२ जना महिला स्वास्थ्य स्वंय सेवीकाले आज र भोली सम्म औषधि खुवाउने छन् । आवुखैरेनीको सत्रसय याङचोक वरादी मार्कीचोक खानीखोला हेल्थपोस्ट भवन आवुगाउँ खैरेनी वजार भाँगे अक्लाङ र खस्राङ मा औषधी खुवाउने केन्द्र रहेको पनि उहाँले जानकारी दिनुभयो । यो औषधी खुवाएपछि वालमृत्युदरमा कमि आउने र विभिन्न रोगवाट वचाउने साथै जुगा सम्वन्धि समस्या निराकरण हुने छ ।
देशभरि खुवाउने कार्यक्रम अन्तर्गत तनहुँ गोरखा लमजुङ लगाएतका ठाउँमा आज र भोली भिटामीन ए र जुगाको औषधि खुवाउने स्वस्थय सेवा विभागले जनाएको छ ।