भगवान खनाल
मनकामना २२ चैत
गोरखाको मनकामना गाविस खुला दिशामुक्त घोषणा भएको छ । मनकामना मन्दिर परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरि मनकामना गाविसलाई खुला दिशा मुक्त घोषणा गरिएको हो । मनकामना गाविसलाई खुला दिशामुक्तको घोषणापत्र बाचन गर्दै प्रमुख अतिथी प्रधानमन्त्री डा।बाबुराम भट्टराईले खुला दिशामुक्त भएको घोषणा गरेका थिए । सो अवसरमा प्रधानमन्त्री बाचन गरेको पत्रलाई उपस्थित सबैले पछिपछि पढेका थिए ।
८ हजार घर धुरी रहेको मनकामना गाविसमा करिब १४ सय घरपरिवारको बसोबास रहेको गाविस सचिव सुब्बा नारायण सापकोटाले बताए । यो गोरखाको केही नमूना गाविस हो । गाविसभित्र विभिन्न टोल बस्ती र वडाहरुलाई खुला दिशामुक्त घोषणा गर्दै आज गाविसलाई खुला दिशामुक्त घोषणा गरिएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री डा।बाबुराम भट्टराईले खुला दिशामुक्त घोषणा सांकेतिक महत्वपूर्ण कार्य भएको बताए । उनले नयाँ नेपाल निर्माण कोषको तयारी एकदुई दिनभित्रै गर्ने तयारी गरिएको भन्दै भट्टराईले कोषमा राष्ट्रपति प्रधानमन्त्री लगायत सबै कर्मचारीको एक दिनको तलब राखिने बताए । उनले चैत २४ देखि ३० गतेसम्मम काठमाण्डौं सरसफाइ कार्यक्रम गरिने गाउँगाउँमा एक गाउँ एक पोखरी निर्माण गरिने बताए ।
खुला दिशामुक्त कार्यक्रममा मनकामनाका युवा क्लब आमासमूहले विभिन्न साँस्कृतिक कार्यक्रम पनि गरेका थिए । उनीहरुले मारुनी नाँच नाँचे देखाएका थिए । त्यस्तै मनकामना आइपुगेका राष्ट्रिय कलाकार वमबहादुर कार्कीले पनि सरसफाइ सम्बन्धि रोइला गीत र पानको पात भाकामा गीत गाएर मनोराजन दिएका थिए ।
मनकामना क्षेत्र विकास समितिका अध्यक्ष दिनेश जोशीको अध्यक्षतामा भएको सो कार्यक्रममा भारतकालागि नेपालका राजदूत महामाहिम जयन्त प्रसाद केयर नेपालका नेपालस्थित निर्देशक कािसंङ वर्गले पनि मन्तव्य दिएका थिए । राजदुत प्रसादले भारतको मुख्य सिद्धान्त भनेकै नेपालको प्रगतिनै भारतको प्रगति रहेको बताए । उनले मनकामनामा भारतीय राजदुतावासले दश वटा लघु परियोजनाहरु चलाइरहेको बताए । भारतीय दुतावासले खानेपानीको परियोजना स्वास्थ्य केन्द्र लगायतका परियोजनाहरु पुरा भएको बाँकी केही परियोजनाहरु चलाइरहेको छ ।
प्रधानमन्त्रीले बुधबारै मनकामनामा भारतीय राजदुतावासको ६१ लाख रुपैयाँ सहयोगमा बनेको स्वास्थ्य चौकीको पनि उद्घाटन गरें ।