घरघरका पछाडिपछाडि बंगुरपालन गर्दा टोल समुदायको वातावरणमा फोहोर बढेपछि तनहुँ आँबुखैरेनी ६ तल्लोबजारका बासिन्दाले एकै ठाउँमा केन्द्रित भई बंगुरपालन गर्दै आएका छन् । टोल विकासको लागि विभिन्न योगदान गदै आएको मनकामना चोक टोल सुधार समितिले गत दुई वर्षदेखि टोलबासीलाई घर पछाडि बंगुरपालन गर्न निषेध गरेपछि स्थानीयहरुले बंगुरपालनलाई एकै ठाउँमा केन्द्रित गरेका हुन् ।
उनीहरुले गाँडापानीस्थित ईश्वर मल्लको जग्गा भाँडामा लिइ खोर बनाएर बंगुरपालन गर्दै आएका छन् । भाँडावापत मासिक रुपमा एकसय पचासदेखि दुईसय रुपैयाँसम्म शुल्क तिर्ने गरेको बंगुरपालन गरेकी राधा मगरले बताइन् । ूपक्की खोरको दुईसय र बाँसको खोरको एकसय पचास रुपैयाँ शुल्क तिर्छौू मगरले भनिन् ूघरमा रहेका खोरमा अहिलेकसैले पनि बंगुर पाल्दैनौं ।ू एकैठाउँमा धेरै मानिसको खोर र टोल भरिका बंगुर छन् मगर भन्छिन् यसरी पाल्दा सबैलाई सजिलो भएको छ ।
वातावरण दुषित हुने र विभिन्न खालका रोगको संभावना देखेपछि टोलसुधारले घरमा बंगुरपालन निषेध गरेको सचिव राजनकुमार श्रेष्ठ बताउँछन् । टोलसुधारले गरेको प्रयासमा स्थानीयले सहयोग गरेकेा उनले बताए ।
यहाँका लगभग पन्ध्र सोह्र घरपरिवारले र केही भाँडामा बस्ने समेत यसरी बंगुरपालन गरेका छन् । केहीले बंगुरपालनबाट राम्रैसँग जीविकोपार्जन पनि गरेका छन् ।