Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

एघार जना काठ तस्कर पक्राउ


भगवान खनाल गोरखा, १२ चैतगोरखाको धुवाँकोट गाविसबाट तनहुँको आँबुखैरेनीको सत्रसयतर्फ काठ तस्करी गरिएको अवस्थामा शनिबार राती ११ बजे एघार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बसन्तबहादुर कुँवरले बताए । ;धुवाँकोटको गौलीघाटवाट काठ तस्करहरुलाई पक्राउ गरिएको हो । प्रहरी चौकी देउराली र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त गस्ति टोलीले सुराकीको आधारमा उनीहरुलाई ग। १। त। २२५९ नम्वरको ट्रयाक्टरसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट पन्ध्र क्युबिक काठ बरामद गरिएको डिएसपी कुँबरले टेलिफोनमा कारोबारलाई बताए । गोरखाको देउराली गाविसको सलाङगिरीबाट ल्याँउदै गरेको काठ धुवाँकोट-५ देउलीघाटमा समातिएको हो । नियमित रुपमा काठ चोरीतस्करी हुने सुराकीको आधारमा प्रहरीको गस्ति टोलीले उनीहरुलाई पक्राउ गरेको कुबँरले बताए । पक्राउ पर्नेमा आँबुखैरेनी १ सत्रसयका साधुराम मिश्र सम्सेर थापा शरण मगर लिलावहादुर मगर गणेश थापा मगर शिव थापा विमल थापा नविन थापा निर्मल थापा ट्रयाक्टरका चालक धिरण प्रजा र सहचालक मिलन प्रजा छन् । उनीहरुलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ;छ । प्रहरी र जिल्ला वन कार्यालयको टोलीले अहिले काठ अझै वनमा डम्पिङ गरेको जानकारीको आधारमा धुवाँकोटस्थित वनमा खोजी गरिरहेको डिएसपी कुँवरले बताए ।  

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 25, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

March 2012
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
%d bloggers like this: