तनहुँ, चैत्र ४ – तनहुँको आँबुखैरेनी– ४ खानीखोलास्थित पृथ्वी राजमार्गमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दमौलीबाट आँबुखैरेनीतर्फ गइरहेको बा५प २९४२ नम्बरको मोटरसाइकल नालामा पल्टिँदा मोटरसाइकल चालक गोरखा नगरपालिका निवासी अन्दाजी २५ वर्षीय रामकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।