by aanbookhairenipost : अहिले नेपाली परिवेशमा नेपाली राजनीित भन्दा खेलको बहस चर्काचर्की हुन थालेको छ । संविधान र शान्ति स्थापना गर्ने प्रयासमा रहेको नेपाल सरकारको चर्चा चलिरहने नेपाली समाजमा अहिले काठमाण्डौमा जारी एसियाकै चर्चित फुटवल प्रतियोगिता एएफसी च्यालेन्ज कपले ध्यान मोडेको छ । जुन प्रतियोगितामा आयोजक नेपाल पनि सहभागि भएको छ । नेपालले खेलेको तिनै खेलमा पराजित पनि भईसकेको छ । पराजित भएको पिडा भन्दा पनि नेपाली खेलप्रेमीले अर्को पिडा सहनुपरेको छ । जुन एक खेल सकिनु भन्दा पहिला भयो । त्यो हो नेपाली सेनाले राष्ट्रिय टिममा रहेका नेपाली सेनाबाट छनोटमा परेका मिडफिल्डर राजु तामाङ्ग र गोलरक्षक विकास मल्ललाई एक खेल खेल्नु अघि नै होटलबाटै अपहरणको शैलिमा टिमबाट फिर्ता लानु । र अर्को नेपाली टिम सम्हालेका वेलायती प्रशिक्षक ग्राहाम रोर्वटसको राजिनामा । उनी माथि एन्फाबाट हस्तक्षेप भएको भन्ने घटना सार्वजनिक भएको थियो ।
सेनालाई खै के हो कुनी आजकल केके भएको छ कुनी । चेन अफ कमाण्ड र अनुशासनको सवालमा नेपाली सेनाले आफ्नो ख्याती कमाएको बेला यो घटनाले गर्दा सेनाको भित्रि कुरा छर्लङ्ग भएको छ । सेनाले के बुझ्नु जरुरी थियो भने खेलाडीहरु क्याम्पमा बसेपछि त्यहा सेनाको हैसियतमा हैन कि एउटा खेलाडीको हैसियतमा नियम मान्नु पर्ने हुन्छ । जहाँ कोच नै प्रमुख हुन्छ र उसको अनुमति विना चाहे एन्फा होस चाहे सेना कसैले हस्तक्षेप गर्न पाउदैन । सेना र एन्फाले जुन गर्न नहुने थियो त्यहि गरेर देखायो । यता फिफाको नियमर्लालाई सर्वोपरि ठान्ने एन्फाले पनि आफ्ो हैसियत देखाएको छ । भन्नु पर्दा एन्फाको नीति नै त्यस्तो हो । चाहिएको बेला भाँडो नचाएको बेलामा ठाँडो । किनभने एन्फालाई जे भएपनि पैसा नै प्यारो छ । खेलमा हारजित भनेको भईहाल्छ । एन्फा अहिले नै जित चाहिन्छ भन्ने मानसिकतानै प्रमुख समस्या हो । अहिले त खेलाडीहरुलाई अनुभव दिने समय हो । रोबर्टस आएयता नेपाली खेलाडीहरुको छोटो पास लगायत प्राविधिक रुपमा निकै स्तर बढेको छ । यो कटुसत्य पनि हो । किनभने मेरै अनुभवमा नेपाली खेलाडीहरु त्यत्तिको स्तरयिता खेल्ने हैसियतको भने थिएन । सुन्नमा आए अनुसार नेपाले इतिहासमै पहिलो पटक ठूलो प्रतियोगिता खेलेको छ । त्यसलाई नै जित मानेर आगामि खेललाई आधार बनाउनु पर्दछ । र ग्राहाम रोबर्टसलाई नेपालमै राख्ने वातावरण तयार गर्नुपर्दथ्यो तर त्यसो हुन सकेन । किनभने एन्फा ठूलो धनराशी खर्च गरेर नेपाली खेलाडीहरुको स्तर बढाउने पक्षमा थिएन केबल मान्छेहरुको आँखामा छारो हाल्ने काम गरेको छ । अब फेरी गणेश थापा र उनका आसेपासेहरुको भनाई मान्ने खालको कोच ल्याउने छ । जुन कोचको काम मात्र दौडाउने र सिठ्ठी फुक्ने मात्र होस ।