१४ फागुन,। ७२ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सवैभन्दा होचा ब्यक्ति भएको गिजिन बुक अफ वल्र्ड रेकर्डले पुष्टी गरेको छ । योसँगै उनी बिश्वकै सवैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन् ।
उनको उचाई नाप्न आएको गिनिज बुक अफ वल्र्ड रेकर्डको टोलीले चन्द्रबहादुरको उचाई ५४.५ सेन्टिमिर अर्थात २१.५ इन्च मात्र भएको प्रमाणित गरेको हो । लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्ज्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो । डाँगीको नाप लिन गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाण्डौं आइपुगेको थियो ।