मान्छेलाई मान्छेले बलत्कार गरेको घटना त सुनिएकै हो । तर भारतमा भने एक किशोरीलाई भुतले बलात्कार गरेको छ । भारतको पुनेमा एक १५ वर्षकी किशोरीलाई भुतले बलत्कार गरेको उनकी आमाले बताएकी छिन् ।
ती किशोरीले गएको सोमबार बच्चा जन्माएपछि उनलाई भुतले नै बलात्कार गरेको ठम्याइ उनकी आमाले गरेकी हुन् । पुनेको यशवन्त राव मेमोरियल अस्पतालमा किशोरीले बच्चा जन्माएकी हुन् ।जनवरी देखि एक स्थानीय आश्रयसंस्थामा बस्दै आएकी ती किशोरीलाई भुतले नभै कुनै पुरुषले बलात्कार गरेको पक्का भएपनि किशोरी आफै र उनकी आमा समेतले भुतलाई नै दोष लगाएपछि प्रहरीले बलात्कारको अभियोगमा छानविन गर्न सकेको छैन । अधिकारवादीहरुले ती महिलाको अन्धविश्वासको कारण बलत्कारीले उन्मुक्ति पाउने तथा ती किशोरीको जिन्दगी अन्धकार हुने भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।