Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनी मनकामना माईको पाँचौं साधारण सभा


आँबुखैरेनीको मनकामना माई बहुउद्देश्यीय सहकारीको पाँचौं साधारण सभा शनिवार सम्पन्न भएको छ । कुल ९ सय १६ सदस्य मध्ये ४ सय २५ जना महिला सदस्य रहेको सहकारीले पाँच वर्षको अवधिमा कुल निक्षेप ३ करोड ९० लाख ४० हजार ८ सय ६१ रुपैयाँ रहेको छ । । सहरकारीको आर्थिक वर्ष ०६७÷०६८ सम्म संस्थाको चुक्ता पुजीँ ३५ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ० दशमलब १३ प्र्रतिशतले बढी रहेको सहकारीका कार्यालय प्रमुख नारायण तिमि_िल्सनाले बताए ।

अल्पसंख्यक विद्यार्थीर्ला पुस्कार दिइदै अध्यक्ष विपिन मल्ल

यस्तै सहकारीको अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०६७÷२०६८ मा निक्षेपमा ४९ दशमलब ४६ प्रतिशत र कर्जा लगानीमा लगभग ५१ प्रतिशतले बृद्धि भएको उनले बताए । सहकारीले सोही आर्थिक वर्षमा २० लाख ९० हजार ८ सय १७ रुपैयाँ मुनाफा आर्जन गरेको छ । सहकारीको अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०६७÷२०६८ मा निक्षेपमा ४९ दशमलब ४६ प्रतिशत र कर्जा लगानीमा लगभग ५१ प्रतिशतले बृद्धि भएको पनि उनले बताए । सहकारीले खुद मुनाफाको २५ प्रतिशत रकम साधारण जगेडा कोषमा राख्नुपर्ने नियम अनुसार आर्थिक वर्ष २०६७÷२०६८ मा १० लाख ५६ हजार ७ सय ५३ रुपैयाँ राखेको जनाएको छ । सहकारीले सहकारी शिक्षा कोषमा ३ लाख १ हजार ३ सय ८७ सहकारी विकास कोषमा ३ लाख १९ हजार ८ सय ८७ र घाटा पूर्तिकोषमा १० लाख ९० हजार ९ सय ९२ रुपैयाँ गरी २७ लाख ६९ हजार १९ रुपैयाँ राखेको जनाएको छ । सहकारीले ऋण नोक्सानी केाषमा ६ लाख ६३ हजार २ सय ७८ रुपैयाँ रकम विनियोजन गरेको छ । साधारण सभाको अवसरमा सहकारीले सहकारीका सदस्यहरु मध्येबाट गतवर्षको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई २५-२५ सयका दरले छात्रवृत्ति पनि वितरण गरेको छ । यस्तै स्थानीय सरकारी विद्यालयहरुमा पढ्ने दलित अल्पसंख्यक तथा पिछडिएको समुदायका बालबालिकाबाट तीन जनालाई जनही १ हजार ५ सयको दरले पुरस्कृत गरेको छ । साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष विपिन मल्लले सहकारी आर्थिक उपार्जनमा मात्रै नलागी सामाजिक जिम्मेवारी र उत्तरदायित्व वहनमा पनि कि्रयाशिल रहेको उल्लेख गरें । यही मान्यता स्थानीय सांस्कृतिक समूहलाई मनोरज्नात्मक कार्यक्रम गर्न क्लब तथा युवाहरुलाई खेलकुद कार्यक्रम गर्न तथा शवदाहन ता सत्तल निर्माणको लागि सहकारीले सक्दो सहयोग गरेको मल्लले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 3, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

December 2011
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
%d bloggers like this: