पछिल्लो समय कटि्रना कैफ बलिउडकी बहुप्रतिभाशाली नायिकाको रूपमा चिनिन थालेकी छन् । बढ्दो लोकपि्रयता र सफलता त्यसपछडिका मुख्य कारकतत्त्व हुन् । उनी अहिले यशराजको निर्माण रहेको ‘एक था टाइगर’ को सुटिङमा व्यस्त छिन् । सँगै अर्को फिल्म ‘धुम थ्री’ मा पनि काम गरिरहेकी छन् । सबैलाई जिज्ञासा हुन सक्छ, यसपटक कटि्रनालाई कसले सिकाइरहेको छ ? अचम्म नमान्नुस्, त्यो कोही नभई उनकै पूर्वब्वाइप|फ्रेन्ड सलमान खान हुन् ।कटि्रना ‘धुम-थ्री’ मा ‘हटेस्ट लुक’ सहित देखिनेछिन्, जसका लागि उनी अहिले निकै मिहिनेत पनि गरिरहेकी छन् । कटि्रना फिल्ममा बिकिनी वेयरमा देखिनेछिन् ।
उक्त कुरा अहिल्यै पक्का भने भइसकेको छैन । योचाहिँ निश्चित हो, फिल्ममा कटि्रनाको ‘हट-बडी’ भने देख्न पाइनेछ । सुटिङमा भेटेसँगै कटि्रना र सलमान अहिले निरन्तर एकअर्काको छेउ परिरहेका छन् ।सलमानले कटि्रनालाई झन् शरीर आकर्षक बनाउन साइक्लिङ र पौडी खेल्न सल्लाह दिएको हल्ला पनि बाहिर आएको छ । ‘धुम-थ्री’ को काम डिसेम्बरसम्म सकिने अनुमान गरिएको छ । फिल्म अर्को वर्षको क्रिसमसलाई मध्यनजर गरेर रिलिज गर्ने तयारीमा छ । फिल्मका खलनायकमा यस पल्ट आमिर खान देखिँदै छन् ।