केही वर्ष यता निकै लोकपि्रयता कमाएको नेपालकै एक मात्र केवल कार आज देखी १३ वर्ष पुरा भै १४ बर्षमा प्रवेश गरेको छ । मुग्लीन-काठमाण्डौं राजमार्ग अन्तरर्गत चितवनको चेरेश र गोरखाको मनकामना गाउा विकास समितिलाई जोडने मनकामना दर्शन द्वारा संञ्चालित केवल कारको स्थापनाको १३ वर्ष सफलता पुर्वक पार गरेको हो ।
अट्रीयाको प्रविधी रहेको यो केवल कार ०५५ साल मंसिर ८ गते विधिवत रुपमा संञ्चालनमा आएको थियो । तात्कालीन यूवाराज दिपेन्द्र विरविक्रम शाहदेवले उदघाटन गरेको यो केवल कार बाट १३ वर्षको अवधीका स्वदेशी तथा विदेशी गरी ७२ लाख यात्रुले यात्रा गरी सकेको केवल कारका स्टेशन म्यानेजर डि.एन.कायस्थले वताए ।
चेरेश र मनकामना सम्मको ३.०२ किलो मिटर दुरी रहेमा हाल सम्म ३१ वटाकार र ३ वटा सामान वोक्ने डिब्बा गरी कुल ३४ डिब्बा रहेको छ । संञ्चालन अवधी भन्दा केही वर्ष यता यात्रुको सुविधालाई मध्यनजर गरी केवलकारले पार्क, पानीका फोहरी, खाना तथा खाजा खाने सुविधाका साथै अन्य अत्याधुनिक सेवा र सुविधा दिदै आई रहेको छ ।हिन्दु धर्मालम्बी विच मनको इच्छा पुरा गर्ने देवीको रुपमा देश तथा विदेशमा समेत प्रख्याती पाएको केवल कार स्थापनाका लागि नै ५३ करोड रुपैया खर्चिएर निर्माण भएको थियो । केवल कारले सेवा र सुविधालाई प्रमुख स्थानमा राखी प्रत्येक चौमासिकमा ३ दिन सेवा वन्द गरेर मर्मत संभार गर्ने गर्दछ भने दैनिक रुपमा केवल र टावरलाई निरक्षण गरेर मात्र यात्रुलाई ओसार पसार गर्ने गर्दछ ।
अहिले सम्म केवल कारमा पुव राजपरिवारका साथै नेपालका राजनेता र अमेरीका, अट्रीया, अष्ट्रेलीया, जर्मन, भारत, चिन तथा पश्चिमा राष्ट्रका उच्च पदस्थ ब्यक्तिले यात्रा गरी सकेको स्टेशनले जनाएको छ । स्थापना अवधिमा रु २२५ रहेको टिकको मुल्य अहिले ४२५ पुगेको छ ।