७ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री बाबुराम भट्टराईले चढेको मुस्ताङ म्याक्सको क्रेज आजभोली त्यतिधेरै छैन् । तर, उनकै मन्त्रिपरिषद्का सदस्य अर्थात अर्थमन्त्री बर्षमान पुनले भने बाबुरामकै सिको गर्दै मुस्ताङ म्याक्स चढ्ने तयारी गरेका छन् ।
अर्थमन्त्रीले चढ्ने महंगो प्राडो गाडी छाडेर पुरानै स्कारपियो गाडी चढेका पुनले प्रधानमन्त्रीकै जस्तो मुस्ताङ नै चढ्ने रुची गरेको रिपब्लिका दैनिकले छापेको छ ।मैले मेरालागि मुस्ताङ म्याक्स गाडी अर्डर गरिसकेको छु- पुनले भने- अन्य मन्त्रीले पनि यसको सिको गर्नुहुनेछ ।’ पुनले मन्त्रालयका कर्मचारीलाई त्यसको चाँजोपाँजो मिलाउन निर्देशन दिएका छन् । मन्त्रालयका अधिकारीहरुले मंगलवार मुस्ताका उत्पादकसँग गाडीको प्रकृति र सुबिधाबारे छलफल गरेका थिए ।