Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गोरखकाली रबर उद्योग पुनः: बन्द


कच्चापदार्थ अभाव सगै पुनः नेपालकै एक मात्र गोरखकाली रबर उद्योग बन्द भएको छ । तिहारअघिसम्म संचालनमा रहेको गोरखकाली रबर उद्योग तिहारलगत्तै बन्द भएको हो ।
बिदेश बाट निर्यात गनुपर्ने कच्चा पदार्थ उद्योगमा सकिए लगत्तै टायर तथा ट्यूब उत्पादन पुर्ण रुपमा ठप्प भएको हो । उद्योग संञ्चालनका लागी आवश्यक कच्चा पदार्थ डेढ महिना पछि मात्र उद्योगमा भित्रने उद्योग प्रशासनले जानकारी दिएको छ ।
कच्चा पदार्थ आउन समय लाग्ने भए पछि अहिले उद्योग कार्यरत कर्मचारी घाम तापेरै दिन बिताउन बाध्य भएका छन । उद्योगको लागी भारत, चिन, मलेशिया, पाकिस्तान तथा पश्चिमा देश र खाडी राष्ट्र बाट मात्रै ६० प्रकारका भन्दा बढी सामान आयात गनुपर्ने बाध्यता गोरखकाली रबर उद्योगलाई रही आएको छ ।
बिदेश बाट आयात गरीने बस्तुको नेपाली संञ्चार माध्याममा बिज्ञापन प्रकाशित गरीएको भएता पनि यसको पहुच त्यहा सम्म पुग्न नसक्दा आयातमा समस्या आएको उद्योगका महाप्रबन्धक शित्तलकाजी श्रेष्ठ बताउनु हुन्छ । समितीले यस अघी नै ३ पटक सूचना प्रकासन गरेको भएता पनि कहि कतै बाट टेष्डर नपरेकाले सामान आयात गर्न नसकिएको हो ।
महाप्रवन्धक श्रेष्ठका अनुसार अहिले व्यक्तिगत पहुचका आधारमा आयात कर्तालाई सम्र्पक गरी सामान ल्याउने प्रकृयाको थालनी गरीएको भन्नुहुदै श्रेष्ठले टेण्डर नपरेपछि व्यवस्थापन बोर्डको निर्णय अनुसार खरिदप्रक्रिया थालिएको बताए ।
सरकारले गत आर्थिक वर्षदेखि कुनैपनि उद्योगले आवश्यक सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्ने भन्ने निर्णय गरेकोले उद्योगलाई समस्या परेको हो । उनले उद्योगमा कच्चापदार्थ अभाव हुन्छ भन्ने जानकारी हुदाहुदै पनि प्रक्रियागत रुपमा जादा ढिलाई भएको हो । उद्योगले गत आर्थिक वर्षसम्म आˆनै नियम अनुसार कच्चा पदार्थ भित्र्याउदै आएको थियो ।
गोरखकाली रबर उद्योगका लागि नेपालमा कच्चापदार्थ आयात गर्ने कुनैपनि ठेकेदार कम्पनि छैनन् भने पूजी अभावकै कारण उद्योगले लामो समयका लागि पुग्ने प्रयाप्त कच्चापदार्थ खरिद गरेर राख्न समेत सक्दैन ।
उद्योगमा अहिले पनि ४ सय जना कर्मचारी कार्यरत छन् । उद्योग बन्द भएपछि टायर उत्पादनमा मात्र खट्ने करिब ३ सय कर्मचारी अहिले कामविहीन भएका छन् । उद्योगको वाषिर्क उत्पादन क्षमता ८८ हजार टायर रहेको छ । तर कच्चा पदार्थ अभाव हुदा गतवर्ष जम्मा ३२ हजार टायर उत्पादन गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on October 31, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

October 2011
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
%d bloggers like this: