Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गोरखाको दरौदीमा बस पल्टियो


गोरखा, आश्विन ९ – नारायणघाटबाट गोरखाको भालुस्वारा गाविस जाँदै गरेको एक यात्रुबाहक बस सोमबार दरौदी नदिमा पल्टिएको छ ।
बसमा सवार करिब ६० यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक बहादुरजंग मल्लका अनुसार ना ३ ख ७२९३ नम्बरको यात्रुबाहक बस पानीको वहावले पल्टाएको हो ।बस पल्टन नपाउँदै सबै यात्रु झरिसकेका थिए । यात्रु झरेपछि खाली बस खोलाले पल्टाएको हो । यात्रुको सामान भने सबै बगाएको उपरीक्षक मल्लले बताए । नदिबाट प्रहरी र स्थानियबासी मिलेर बस निकाल्ने काम भइरहेको छ । पुल नभएका कारण वर्षायाममा सवारी साधन सञ्चालन नगरिएको उक्त नदिमा सोमबार मध्यान्ह पहिलोपटक यात्रुबाहक बस हालिएको थियो ।नदिको पानी नघटेका कारण बस पल्टिएको प्रहरीले जनायो । नदिमा तीन बर्षदेखि पक्की पुल बन्ने काम भइरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 26, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

September 2011
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
%d bloggers like this: