एजेन्सी
भनिन्छ भोको पेटले सही वा गलत केही छुट्टाउँदैन । यस्तै भएको छ इन्डोनेसियाको लुम्बोगामा । दुई सातादेखि भोका रहेका कुकुहरूले आफ्नैँ मालिकलाई खाइदिएका छन् । इन्डोनेसियाको मान्दोका ५० वर्षे एन्डे्र लुम्बोगाले घरमा कुकुरहरूलाई थुनेर बिदा मनाउन गएका थिए ।
घरमा कुकुरलाई खानापानी दिने कुनै बन्दोबस्त गरेका थिएनन् उनले । बिदा मनाएर र्फकेका उनले घरको ढोकामात्र के खोलेका थिए, कुकुरहरूले उनीमाथि झम्टिए । एन्डे्रले आफ्नो लगेज तथा ब्याग पनि ढोकाभित्र लैजान पाएनन् ।
सबै लगेज ढोका बाहिर भएको देखेपछि छिमेकीका सुरक्षागार्ड अचम्मित भएर हेर्न गएका जाँदा एन्डे्रको शरीर विभिन्न कोठाहरूमा छरिएको अवस्थामा भेट्टएिको थियो । घरभित्रबाट नमीठो गन्धसमेत आइरहेको थियो । यस्तो देखेपछि सुरक्षागार्डले प्रहरीलाई सम्पर्क गरे ।
‘घर मालिकको टाउको भान्सामा भेटिएको थियो भने शरीर घर अगाडिको कोठामा,’ स्थानीय प्रहरी अधिकारी एरियानाले भने । एन्डे्र गत बुधबार बिदा मनाएर घर आइपुगेका थिए भने उनको शरीर यही सोमबार भेटिएको थियो ।
‘कुकुर भोकाएका भएकाले एन्डे्र आउनेबित्तिकै कुकुरहरूले झम्टेको हुनसक्ने आशंका प्रहरीले गरेका छन् । प्रहरीले एन्डे्रको घरभित्रबाट अन्य दुई कुकुरको पनि हड्डी भेट्टएिको छ । ती कुकुरहरूलाई भोकाएका अन्य कुकुर मिलेर खाएको हुनसक्ने आशंका प्रहरीको छ ।