परिवर्तन गर्नुछ भने शुरु आफैवाट शुरु गर्नुपर्छ भन्ने मान्यतालाई आत्मासाथ गर्दै आँबुखैरेनीबाट विभिन्न पेशा अध्ययनमा रहेका अष्टे्लियामा आँबुखैरेनीका जोशिला युवाहरुले आफ्नो ठाउँको परिवर्तन गर्न विभिन्न च्यारिटीका कार्यक्रमहरु शुरु गर्न थालिसकेका छन् ।
अष्टे्रलियामा लामो समयदेखि बसोबास गर्दै आउनु भएका आँबुखैरेनीका सुरज श्रेष्ठले दिएको जानकारी अनुसार आँबुखैरेनीमा रहेका विद्यालय जान नसक्ने गरिव परिवारका छोरा वा छोरीलाई उच्च स्तरिय शिक्षा प्राप्त गर्नको लागि बोर्डिङ्गमा भर्ना गराउने र उनको शिक्षामा लाग्ने सम्पूर्ण खर्च आफुहरुले बेहोर्ने बताए । यसकालागि उनीहरुले अष्टे्रलियामा केही महिना पहिला आँबुखैरेनी अष्टे्रलिया वेलफेरको समेत गठन गरेको श्रेष्ठले जानकारी दिनुभयो । ‘ हामिले अहिले यहाँ बाट यो कामको थालनि गरेका छौ अब विश्वभर रहेका आँबुखैरेनीवासिलाई सहयोगको लागि अपिल गर्नेछौ’ श्रेष्ठले भने यसलाई अझ प्रभावकारी ढंगले संचालन गर्नको लागि विश्वका कुना कुनामा रहेका आँबुखैरेनी बासिवाट तदर्थ समति बनाउने तयारी गरेको छ । हाल आँबुखैरेनीमा रहेका युवा राम श्रेष्ठले सहयोग गर्दै आउनु भएको छ । हाल केही गरिव परिवार वाट विद्यालय पठाउनको निम्ती छनोट गरिसकेको छ । यो अभियान क्षणिक नभई दृघकालिन हुने भएकोले यसमा तपाईहामी सबैको सहयोगको अत्यन्त खाँचो हुनेछ । यदि तपाईहरुलाई पनि यो अभियानमा साथ दिने इच्छा भएमा कृपया हामिलाई सम्पर्क गर्न सक्नुहुने छ र यस कार्यक्रमका संयोजक सुरज श्रेष्ठलाई surajs36@hotmail.com मा वा आँबुखैरेनीमा रहनुभएका राम श्रेष्ठलाई stharam69@yahoo.com मा सम्पर्क गर्नसक्नु हुनेछ । तपाईको सानो सहयोगले शिक्षित समाज निर्माणमा सहयोग पुग्नेछ । शिक्षाको कार्यक्रमवाट शुरु गरि पछि अन्य क्षेत्रमा समेत सहयोगका कार्यक्रमहरु ल्याउने वेलफेरको योजना रहेको छ । अरु जानकारीहरु हामि छिट्टै प्रकाशित गर्नेछौ ।
yo post gareko ma bhai timilai dherai dherai dhanyabaddd cha……. ajhai badi sahayog ko apechaaa gardachau….