Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

खोलामा डुबेर तनहुँमा एकै परिवारका ३ बालबालिकाको मृत्यु


समुन्द्र पौडेल, तनहुँ, साउन २५ – घर आडैको खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार साँझ तनहुँमा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ। नदीमा डुबेका एक बालकको भने परिवारले उद्धार गरेका छन्।
घर आडैको चुँदी खोलामा पौडी खेल्ने क्रममा तनहुँ बरभञ्ज्याङ-४, बारिफाँटका ६ वर्षीय धिरज नेपाली, ४ वबर्षीय राज नेपाली र ६ वर्षीय आरती नेपाली रहेका छन्। उनीहरुसँगै खोलामा डुबेका आरतीको ४ वर्षीय भाइको उद्धार भएको हो।
घिरज र राज अमृत नेपालीका छोरा हुन् भने आरती र अर्का ४ वर्षीय बालक अमृतकी बैनी राममायाका छोरा छोरी हुन्। भारतको दिल्ली स्थित एक होटलमा कुकको रुपमा रोजगारी गर्दै आएका अमृत र तनहुँको व्यास-९, फराकचौरमा बस्दै आएकी राममाया एक वर्ष अघि बितेका बाबु रामकृष्ण नेपालीको श्राद्धका लागि पुख्यौली गाउँ फर्किएका हुन्। अमृत सपरिवार आइतबार गाउँ आएका थिए भने राममाया बुधबार मात्रै माइत गएकी हुन्।
हजुरबुबाको श्राद्ध सकेर घर आडैको चुँदी खोलामा पौडी खेल्न गएका उनीहरुको खोलाको बाङ्गेरह भन्ने स्थानमा डुबेर मृत्यु भएको स्थानीय बासिन्दा हर्क भण्डारीले बताए। दुबै छोराको मृत्यु पछि अमृत नेपाली अर्धचेत अवस्थामा पुगेका छन्। ‘दुबै छोरा गुमाएपछि अमृत दाइ अर्धचेत अवस्थामा छन्,’ उनले भने, ‘घटना पछि घरमा रुवाबासी छ भने गाउँ शोकमा छ।’ केही वर्ष अगाडि पनि पौडी खेल्ने क्रममा केही बालबालिकाको मृत्यु भएपनि उनले बताए।
खोलाको माथिल्लो भागमा पौडी खेल्दै गरेका बालबालिकाहरु बग्दै गहिरो ठाउँमा पुगेपछि खोलामा डुबेको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक रेशम रेग्मीले बताए। बालबालिकाको शव पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 10, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

August 2011
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: