Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गोरखाको सिर्दीबासमा भाइरल एनफुन्जा, चारको मृत्यु सयौं विरामी


कैलासवावु श्रेष्ठ/गोरखा
साउन १९ गते । गोरखा जिल्लाको उत्तरी क्षेत्र सिर्दीवास गाउा विकास समितिको केही वडाहरुमा विगत एक महिना देखी देखीएको भाइरल एनफुन्जाका कारण चार जनाको मृत्यु भएको छ भने सयौं सर्व साधारण विरामी परेका छन ।गोरखा सदरमुकाम देखी उत्तरमा रहेको उत्त गाविसमा गत असार १५ गते देखी फैलिएको रोगका कारण हिजो सााझ सम्म चार जनाको मृत्यु भएको हो भने सयौं सर्व साधारण विरामी परेका हुन । रोगका कारण सिर्दीवास ७ पातीका १७ बर्षे अनिस गुरुङ्ग, ४२ वर्षे दिपिन गुरुङ्ग र ४६ वषिर्या सुन्दरी गुरुङ्ग र सिर्दीवास १ भालुवनकी ८ बषिर्या डिना गुरुङ्गको मृत्यु भएको हो । विरामी मध्ये केहीको अवस्था चिन्ताजनक रहेको सिर्दीवास ७ का धन बहादुर गुरुङ्ग वताउछ ।विरामीहरुमा झाडा पखाला, उच्च जरो, टाउको दुख्ने, मुखमा घाउ आउने र अन्तमा शरिर सुक्ने अनि मृत्यु हुने गरेको छ । रोगका कारण सिर्दीवास गाविसको १, ३, ४, ७ र ९ नम्बर वडाका सर्व साधारण प्रभावित भएका छन । सिर्दीवासमा रहेको उपस्वास्थ्य चौकीमा हिजो मात्र ९० जनाले स्वास्थ्य जााच गराएको छ । विगत एक महिना देखी उत्त उपस्वास्थ्य चौकीमा अहेव नभएका कारण पनि औषधी वितरणमा समस्या भएको र विरामीको संख्यामा वृद्वि भएको स्थानियको गुनासो छ । प्रभावित वडाका सवै घरमा विरामीको संख्या दिन दिनै वडदै गएको छ ।
सदरमुकाम देखी तिस कोष पर रहेको प्रभावित क्षेत्रमा हिजै चुम्चेत र आरुघाट वाट छुट्टा छुट्टै स्वास्थ्य कर्मीको टोली गै सकेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । औषधी अभाव भए पछि आजै हेलीकप्टर वाट औषधी लाने तयारी भै रहेको छ ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 4, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

August 2011
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: