चिजकुमार श्रेष्ठ/आँबुखैरेनी पोष्ट
तनहुँको आँबुखैरेनीबजार बाट गत असार २३ गते सुन व्यापारी सोम बहादुर विश्वकर्मावाट लुटिएको सुन शनिवार साँझ धादिङ्गको धादिङ्गवेसी वाट लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ । ८० तोला सुन लुटपाट भनिएता पनि ९५ तोला वरावरको सुन प्रहरीले फेला पारेको हो । आँबुखैरेनी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विरेन्द्र थापाका अनुशार लुटेराका मुख्य नाइके भनिएका धादिङ्ग स्थित याकुप तामाङ्गको कोठामा चामलको वोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले उक्त लुटिएको सुन फेला पार्न सफल भएको हो । लुटपाट काण्डमा संलग्न रहेका गोरखा फिनाम ७ का पवन विश्वकर्मा र मकवानपुर हाडिखोला घर भई नारायणगढमा बस्दै आएका जोक्कर पाखि्रनको वयानको आधारमा र प्रहरीले राजधानी गई लुटेराहरुको मोबाईल फोन कल डिटेलको आधारमा उक्त सुन वरामद गर्न सफल भएको निरिक्षक थापाले बताए । प्रहरीले सुन लुटेराहरुवाट वरामद गरिएता पनि पिडीत सोम बहादुर विश्वकर्माको उजुरीको आधारमा अझ बाँकि सुन फेला पार्न नसकिएको बताएको छ । पिडीत विश्वकर्माले १ सय ६० तोला आफुबाट लुटिएको भन्दै प्रहरीकोमा उजुरी दिएको थियो । निरिक्षिक थापाले सुन लुटपाटमा संलग्न र बाँकि सुनको खोजी कार्य आफुहरुले जारी राख्ने समेत बताएको छ । उनले भने ‘हामिले लगभग लुटेराहरुको पहिचान गरिसकेका छौ अब केही दिनमा नै बाँकि सुन सहित लुटेराहरु पक्राउ गर्नेछौ ।’उनका अनुसार लुटपाटमा संलग्न मूख्य योजनाकार चितवन जिरौनाका होम प्रसाद काप्री र पक्राउ परेका गोरखा फिनामका पवन विश्वकर्मा रहेको दाबी गरेको छ । र अन्य लुटपाटमा संलग्न रहेका मुख्य नाइके याकुप तामाङ, सुरेश श्रेष्ठ, सोनाम तामाङ, याकुपको भान्जा र नाम थर खुल्न नसकेको माइला भन्ने व्यक्ति ,विशाल पाख्रिन, झलक सुनार र सिलाश तामाङ रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरु धादिङबेसीमै डेरा गरी बस्ने गरेको प्रहरीले बताएको छ । गत असार २३ गते पाँच जनाको समूहमा आएको लुटेराहरुको समुहले सुन व्यापारी सोम बहादुर विश्वकर्मा माथि छुरा प्रहार गरि उक्त सुन लुटेका थिए । उनीहरुले व्यापारि विश्वकर्मावाट सुन लुट्ने वित्तिकै गोरखा लक्ष्मि बजार हुदै मनकामना गई राजधानी भागेका थिए । उनीहरुले लुटपाटमा प्रयोग गरिएको ३ वटा मोटरसाईकल प्रहरीले यस अघिनै वरामद गरिसकेको छ ।