दृष्टिविहीन सरकार र आँबुखैरेनी
यसपालिको बजेट संगै सरकारले देशका विभिन्न भागहरुमा नगरपालिका घोषणा गरि अब विकासको गतिलाई तिव्र रुपमा अगाडि बढाईने भनेर गाविसहरु लाई नगरपालिका बनाएको छ । धेरै वर्षको प्रस्तावित योजनालाई मूर्तरुप दिदै यो घोषणा गरिएको सरकारले भनेको छ । नगरपालिका घोषणा गर्दा सरकाले विभिन्न भौतिक पूर्वाधारहरुको विकास लगायत जनसंख्याहरुलाई आधार मानेर गरिएको हो भनेको छ । नेपालको धेरै ठाउँहरुमा घोषणा भए ।कति पय ठाउँहरुमा त्यस्ता आधारहरु नभएर गाविसहरु संयोजन गरेर नगरपालिका बनाएको छ । कुनै ठाउँमा ५ वटा सम्म गाविस मिलाएर नगरपालिकाको रुप दिएको छ । त्यसै गरि हाम्रो क्षेत्रलाई पनि नगरपालिका घोषणा भयो भनेर संचार माध्यायमहरुमा एकाएक समाचारहरु आए । नगरपालिका भयो रे भनेर धेरै आँबुखैरेनी बासिहरु जो देश विदेशमा रहेका छन् सबै खुशि भए । नगरपालिका त भयो रे तर बन्दिपुरमा गाभेर रे !!! यो समाचारले गर्दा त्यो खुशि आँबुखैरेनीबासिहरुमा एक मिनेट भन्दा पनि बढि टिक्न सकेन । सबै दुखि भए । पातिको घारीलाई फाडेर अहिलेको यो स्थिती सम्म ल्याई पुर्याउनेहरुका लागि त झन् निकै दुखदायी नै भयो । इतिहास समाप्त गर्ने सरकार संग सबै आक्रमक भए । हुन पनि किन नहोस चाहे त्यो जुन वर्गको नै होस आँबुखैरेनी सबैको साझा हो सबै यहि माटोमा हुर्के बढे अनि कसलाई पो रिस उठदैन यो स्वभाभिक नै हो । अझ यहाँ सम्म कि इतिहास नि कसरी समाप्त पार्न खोजियो भन्दा विकासको पूर्वाधार लगायत धेरै कुराहरुमा कमि रहेका बन्दिपुरसंग गाभ्ने निर्णयले त थाहा पाउने जति सबै आश्चर्य चकित नै भए ।

भु उपग्रह बाट लिईएको आबुखैरेनी बजारको र आसपासको क्षेत्रको तस्विर विगत १० वर्ष यताबाट आबुखैरेनीको जनघनत्व ह्वात्तै बढेको छ । आँबुखैरेनीमा शिक्षा स्वास्थ्य पानीविद्युत यातायात लगायतका सुविधाहरु भएको कारणले गर्दा सर्वसाधरणहरु गाउँबाट बजार झर्ने क्रम जारी छ । यसले गर्दा आँबुखैरेनीको जग्गाको मुल्यमा समेत प्रभाव पारेको छ ।
तर यतिका विकास हुदाँ हुदा पनि किन यसो गरे होला सरकारले विना अनुगमन विना निश्कर्ष र विना अध्ययन नगरी यो निर्णय गर्नु उचित थियो होला त । सरसर्ती हेर्दा काठमाण्डौमा पैसाको बिटो राखी कागजमा कोरेर हावाको भरमा घोषणा गरेको देख्न जान्छ । अध्ययन र अनुगमन भएको भए के यो संवभ थियो होला ? वास्तवमा भन्नु पर्दा आँबुखैरेनी गाविस भईकन पनि धरै भौतिक विकासका पुर्वाधारहरुमा अगाडि पुगि सकेको छ । सायद त्यो मन्त्रालयको कुर्चिमा बस्नेहरुलाई थाहा नहोला । जानी जानी पनि सरकार दृष्टिविहीन बनेर घोषणा गर्न पुग्यो ।अनि हाम्रो आँबुखैरेनी के कुरामा कम छ त आखिर अरुको शरणमा पार्न खोज्ने ? केही महिना अघि मात्र हाम्रा गोरखा सहकर्मी तथा कान्तिपुर समाचारपत्रका संवाददाता कृष्ण आर्चायले आँबुखैरेनीको विकासको गति देखेर समाचार बनाए । त्यो समाचारमा यसरि लेखिएको छ ।कान्तिपुरमा पनि छापिएको थियो जस्ताको त्यस्तै

गाउँले मिलेरै करोडांको काम: कृण्ण आचार्य/कान्तिपुर,गोरखा
गाउँले मिलेरै पनि विकास निर्माणमा करोडौँको काम गर्न सकिन्छ भन्ने उदाहरण आँबुखैरेनीका गाउँलेले देखाएका छन् । मठमन्दिर, पाटीपौवा तथा पूर्वाधार निर्माणका काम गरेर उनीहरूले उदाहरण देखाएका हुन् । स्थानीय मिलेर मन्दिर बनाउन ०५६ सालमा गठन भएको समितिले ११ वर्षमै तीन करोडभन्दा बढीका पूर्वाधार र निर्माणका काम गरेका हुन् । सहयोग कुनै दातृ निकाय, गैरसरकारी तथा सरकारी निकायको भने होइन ।११ लाख रकमबाट अर्काको जग्गामा काम सुरु गरेका स्थानीयले एक आपसको सहयोगबाट भौतिक तथा नगद जम्मा पारेका हुन् । उनीहरूले स्थानीय रामशाह उच्च माविसँग लिएको जग्गामा पाटीपौवा, मन्दिर, गुम्बा, साइकेन्द्र, वृद्धाश्रम, शौचालय, धर्मशाला, सत्तललगायत निर्माण गरेको शिव मन्दिर संरक्षण समिति अध्यक्ष रत्नबहादुर कुँवरले बताए ।आँबुखैरेनी गोरखा सदरमुकाम छिर्ने नाकामा पर्छ । उक्त बजार तनहुँ, गोरखा, लमजुङ, धादिङलगायतको प्रमुख व्यापारिक केन्द्र मानिन्छ । नेवार समुदायको बाहुल्य रहेको बजारमा सबै जातजाति र धर्मावलम्बीको बसोबास छ ।‘हामीले कुनै पनि निकायसँग सहयोग नलिई स्थानीयसँगबाट मात्र रकम उठाएका हौँ’, ११ वर्षदेखि अध्यक्ष पदमा कार्यरत कुँवरले भने, ‘त्यसमा पनि सबै जातजाति, भाषाभाषी अनुकूलका मठमन्दिर र पाटीपौवा बनाएका छौँ ।’ अध्यक्षकै भनाइअनुसार उनीहरूले उक्त गाविसको वडा ६ स्थित मस्र्याङदी किनारमा निर्माण गरेका पूर्वाधारमा मन्दिर, गुम्बा, साइकेन्द्रगायत छन् ।उक्त क्षेत्रमा सवारी साधन, पार्क, गेस्टहाउस, पिकनिकका लागि पकाउने ठाउँ, पुराण लगाउने पूर्वाधार, बैठक हल, सभा हल, वृद्धाश्रम, खानेपानी धारा, दर्जनांै शौचालय, विवाह व्रतबन्धका लागि आवश्यक पूर्वाधार र दाहासंस्कारका लागि घाटसमेत छन् । जसमध्ये पाँच वटा ठूला भवन छन् । सबै पूर्वाधार निर्माण गर्न तीन करोडभन्दा बढी खर्च भएको समितिले जनाएको छ ।‘मूल्यांकन गरेका छैनौँ’, स्थानीय भक्तबहादुर थापाले भने, ‘कसैले ती पूर्वाधार प्रयोग गरेको अवस्थामा निश्चित शुल्क लिएर प्रयोग गर्न दिने गरेका छौँ ।’त्यति नै मूल्य बराबर अन्य जातजाति तथा धर्मावलम्बी अनुकूलका भौतिक पूर्वाधार निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष कुँवरले बताए । ‘कसैले व्यक्तिगत रूपमा सहयोग गरे, कसैले हामीले निर्णय गरेअनुसारको रकम दिएर काम गरेका हौँ’, शिवमन्दिर परिसरभित्र ५ लाखभन्दा बढी रकमका पाटीपौवा निर्माण गरिसकेको उनले बताए । आँबुखैरेनीबासीले निर्माण गरेको तीन रोपनी जग्गामा धार्मिक कार्यक्रमदेखि दाहासंस्कार गर्नेसम्मका पूर्वाधार छन् । ::::::
यि माथिका समाचारले के भन्छ भने आँबुखैरेनीका स्थानिय वासिन्दाहरुले सरकारको मुख ताक्नु भन्दा आफ्नै सकि्रयता यत्रो विकास संभव भयो भनेर भनेको छ । अझ उसलाई आँबुखैरेनी सम्बन्धि धेरै कुराको जानकारी नभएको हुदाँ सिमित ठाउँहरुको वर्णन गरेका छन् ।जे होस धन्यवाद उनले सिमित ठाउँलाई आधार वनाएर समाचार बनाएकोमा । वरादि सत्रसयका किसान वार्षिक रुपमा करौडौ तरकारी वेचविखन गरेर आँबुखैरेनीमा करौडौको कारोवार गरिरहेका छन्, समस्तिपुर लगायतका ठाउँहरुमा वार्षिक करौडौको सुन्तलाको विकि्रवितरण गर्ने गरेका छन् ।

आँबुखैरेनीको समस्तीपुरमा लटरम्म फलेको सुन्तलाको दृश्य आँबुखैरेनी गाविसको वार्ड नम्बर २ मा पर्ने यस स्थानबाट वर्षेनी करौडौ रुपैयाँको सुन्तला विकि्र गर्दछन् ।
आँबुखैरेनीको समस्तीपुरमा लटरम्म फलेको सुन्तलाको दृश्य आँबुखैरेनी गाविसको वार्ड नम्बर २ मा पर्ने यस स्थानबाट वर्षेनी करौडौ रुपैयाँको सुन्तला विकि्र गर्दछन् । ीयनिहरु सबै ठाउँहरुमा यातायातका साधनहरु पुगिसकेको छ । यसका साथै भर्खरै मात्र आँबुखैरेनीवासिको सकि्रयतामा करौडौको लागतमा आँबुखैरेनी खानेपानि आयोजना सम्पन्न गरिसकेको छ । पहिला देखि नै आँबुखैरेनीमा खानेपानीको कुनै समस्या नभएतापनि त्यसलाई झन् फिल्टराइजेसन गरि शुद्ध पानी वितरण गर्दै आएको छ । यो नेपालको उत्कृष्ट खानेपानी मध्ये एक पनि हो ।

खानेपानी आयोजनाको निरिक्षण गर्दै तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री टोप वहादुर रायामाझि
त्यसैगरी आँबुखैरेनीको सडकलाई हेर्ने हो भने मुग्लिङ्ग वाट सत्रसय सम्म सायद पृथ्वि राजमार्गकै उत्कृष्ट सडकमा पर्छ होला यो सडकमा वाटोमा कुनै समस्या रहेको छैन आँबुखैरेनीको विभिन्न वडाहरुमा पनि साहायक मार्गहरु धमाधम बन्ने क्रम जारी छ । हालसालै सरकारको मातहतमा नेपालमा रेलवे संचालनको लागि संभाव्य अध्ययन टोलीले नेपाललाई रेलवे सेवावाट जोड्नको लागि आँबुखैरेनी उपयूक्त स्थल रहेको सार्वजनिक भईसकेको छ । जनसंख्याको हिसावले आँबुखैरेनी गाविसको तथ्याङ्क अनुशार ९ हजार त पहिला नै नाघिसकेको छ र बढ्ने क्रम जारी रहेको छ । स्वास्थ्यमा हेर्ने हो भने स्थानीय स्वास्यकेन्द्रहरुले २४ सै घण्टा सेवा दिईरहेको छ भने हस्पिटलको लागि प्रकि्रयाहरु चल्दै गएको छ । सायद केही वर्षमानै हस्पिटलको निर्माण हुनेछ । ठुला अस्पतालहरुमा जानु परेमा आँबुखैरेनीवाट केही घण्टामै पुग्न सकिन्छ । काठमाण्डौ साधरतया ३ घण्टामै पुग्न सकिन्छ । अस्पताल शहरको रुपमा परिचित भरतपुर १ घण्टा र पोखरा २ घण्टामा पुग्न सकिन्छ । त्यस्तै गरी विकासको प्रमुख विद्युत सेवालाई हेर्ने हो भने ६९ मेगावार्टको मस्याङ्गदी जलविद्युत परियोजना आँबुखैरेनीवाट नै संचालित रहेको छ ।देशमा १८ घण्टा लोडसेडिङ्गको मारले पिरलेको अवस्थामा पनि आँबुखैरेनीमा भने लोडसेडिङ्ग अन्य ठाउँको तुलनामा कमै हुने गर्दछ । अझ आँबुखैरेनीलाई लोडसेडिङ्ग मूक्त घोषणा गर्नको लागि मस्र्याङ्गदी परियोजना संग पहल भईरहेको छ । मस्र्याङ्गदी परियोजनाले पनि आँबुखैरेनी प्रभावित क्षेत्र भन्दै सवै वडामा विजुलीकरण गर्ने घोषणा पहिल्य नै गरिसकेको छ ।

आँबुखैरेनी ७ मा अवस्थित मस्याङदी जलविद्युत परियोजनाको विद्युत उत्पादन केन्द्र हाल यसले ६९ मेगावट विद्युत उत्पादन गर्दै आएको छ ।
आँबुखैरेनी शैक्षिक हिसावमा पनि समग्रमा अगाडि नै छ। धेरै ठाउँहरुमा मावि २ वटा उच्च मावि र ब्याचलर लेभलको क्याम्सको स्थापना भईसकेको छ भने अब डिगि्र लेभल पनि निकट भविश्यमै संचालन हुनेछ ।अन्य निजि वोर्डिङ्ग स्कूलहरुले आफ्नै हिसावले शैक्षिक सेवा दिईरहेका छन् । व्यापारको कुरा गर्ने हो भने आँबुखैरेनी तनहुँकै ठुलो बजार मध्ये एक हो ।

आँबुखैरेनी स्थित शिव मन्दिर परिषरमा आँबुखैरेनी क्याम्पसको नयाँ भवन निर्माणको लागि भारतिय राजदुतावास कार्यलय वाट अवलोकनाको लागि आएका पाहुदाहरुलाई स्वागत गर्दै स्थानिय समाजसेवीविद्यार्थी लगायत । उक्त भवन निर्माणको लागि राजदुतावासले चासो देखाएको छ
अझ पश्चिमााचलको मुख्यद्धारको रुपमा रहेको र गोरखा चितवन लमजुङ्गको व्यापारिक केन्द्रको रुपमा विकसित हुदै गईरहेको छ । आँबुखैरेनी व्यापारिक केन्द्र हो र व्यापार व्यवशायको लागि उपयूक्त ठाउँ हो भनेर के बाट पनि प्रमाणित हुन्छ भने नेपालको ठूला कम्पनिहरुको आँखा यस क्षेत्रमा जानु र औद्यौगिक प्रतिस्ठानहरुको स्थापना हुदै जानुले प्रस्ट पार्छ ।आँबुखैरेनी गाविसमा नपरे पनि नेपालको एक मात्र टायर उत्पादन गर्ने कम्पनी गोरखकालि टायर उद्योग गाविससंगै जोडिएर रहेको छ ,जुन उद्योगमा काम गर्ने ३ सय भन्दा बढि मजदुरहरुको ज्यालाको रुपमा आउने करौडौ रुपैयाँ यहि आँबुखैरेनीमा लगानी भईरहेको छ ।

नेपालको एक मात्र टायर उत्पादन गर्ने कम्पनी गोरखकालि टायर उद्योग
भन्नु पर्दा पचहत्तर प्रतिशत फाईदा जति आँबुखैरेनीले प्रत्यक्ष रुपमा लिइरहेको छ ।अझ बैङ्क तथा वित्तिय संस्थाहरुको आगमनले त झन् सदरमुकाम नै राखे पनि फरक नपर्ने देखिन्छ । आँबुखैरेनीको केही कुराहरुको कमीकमजोरी होलान तर समग्रमा हेर्ने हो भने आँबुखुैरेनी एउटा विकसित गाविसको रुपमा अगाडि बढ्दै गरेको गाविस हो ।यतिका हुदाँ हुदाँ पनि वन्दिपुरलाई माथि राखेर आँबुखैरेनीलाई तल पार्नु कतिसम्म उचित हो त्यो सम्बन्धित निकायहरुलाई नै थाहा होला
Like this:
Like Loading...
Related