Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

फेसबुक आन्दोलन नै किन ?


किनभने आँबुखैरेनीलाई नगरपालिकाको रुपमा घोषणा गर्न मिल्दा मिल्दै पनि सरकारले पैसा र पाउर को प्रलोभनमा आँबुखैरेनी भन्दा विकासको हरेक क्षेत्रले पछाडि रहेको वन्दिपुरलाई नगरपालिका घोषणा गरेर सबैलाई चकित बनाएको छ । अझ मुख्य कुरा त झन् के हो भने आँबुखैरेनीको विकास जनसंख्या लगायत नगरपालिका वन्न आवश्यक कुराहरु बन्दिपुरमा गाभि आँबुखैरेनी इतिहास नै समाप्त पार्ने गरि आँबुखैरेनीको नाम निशाना मेटाउने काम सरकारले गरेको छ ।

हामि आफ्नै आँबुखैरेनी नगरपालिका चाहन्छौ


यो घोषणाले हामि आँबुखैरेनी बासिको त मन चुडिने त भईहाल्यो बाहिर वाट हेर्नेहरुको लागि पनि अचम्मको विषय भएको छ । हामिलाई बन्दिपुर संग कुनै रिस हैन जोसुकैलाई पनि आफु जन्मेको हुर्केको आफ्नो कर्मथलो आफ्नो परिवार रहेको ठाउँको माया नलाग्ने कुरै भएन । त्यसैले हामि आँबुखैरेनीमा बसोबास गर्नेहरुको लागि यो निर्णयको अन्तरआत्मादेखि विरोध जनाउन थालेका हौ । विरोधको शिलशिलामा आँबुखैरेनीका सबै वासिन्दाहरु जो जसले समाजिक संजाल फेसवुक प्रयोग गरेका छन् । उनीहरुले आफ्नो प्रोफाईलमा आँबुखैरेनीको फोटो राख्ने अभियान थालेको हो । यो अभियानले केही प्रगति नगरेतापनि आँबुखैरेनीका हरेक व्यक्तिहरुको एकता भएको सन्देश दिन जानेछ र साथिभाईहरुको संजालवाट आँबुखैरेनीको फोटोमा लेखिएको हामि आँबुखैरेनी नगरपालिका चाहन्छौ भन्ने मुल नारा संसार भर फैलिने छ । फैलनै क्रममा कुनै व्यक्तिको साथि सरकारी कर्मचारी होलान । कुनैको संचारमाध्यायामहरुमा काम गर्ने पत्रकारहरु त कुनैको सरकारी पदको मुख्य पदमा । सबैले फेसवुकको माध्यायम वाट आँबुखैरेनीमा नगरपालिका सम्बन्धि आन्दोलन चर्किदै छ भनेर पहिल्य नै थाहा पाउने छन । अझ भन्नु पर्दा विशेष गरि आँबुखैरेनीका सबैले प्रोफाईलमा आँबुखैरेनी नगरपालिका चाहिन्छ भन्ने तस्विर राखिएमा आँबुखैरेनीमा रहेका युवाहरु लगायत अन्य मानिसहरुलाई सरकार विरुद्ध आन्दोलनका लागि हौसला मिल्नेछ । त्यसैले केही दिनका लागि भने पनि कृपया झन्झट नमानि राखिदिनुहोला । यदि हामिले आफ्नो नाम गुमायो भने के हुन्छ त्यो तपाई आफै कल्पना गर्नुहोस ।
उता नवलपरासिको एउटा सानो गाविसले त नगरपालिकामा समेटिएन भनेर चक्काजाम जस्ता विरोध कार्यक्र सुरु गरेका छन् भने हाम्रो त झन् इतिहास नै समाप्त गर्न लागेको अनि ? त्यसैले हामि आफ्नै नगरपालिका चाहन्छौ त कि आफ्नै प्यारो गाविस आँबुखैरेनी चाहिन्छ । आँबुखैरेनीबासी कसैको अधिनमा रहन सक्तैन । कृपया विदेशमा हुनेले फेसबुक मार्फत हौसला दिएर भनेपनि आँबुखैरेनी फिर्ता ल्याउने अभियानमा साथ दिऔ । यो लेखलाई सेर गर्नको लागि कृपया लाईक वटममा क्लिक गर्नुहोला । यो सानो कामले हामि आँबुखैरेनीको एकतामा मद्दत पुग्छ भने किन नगर्ने ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 24, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

July 2011
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
%d bloggers like this: