Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

बिचित्र संसार -पैसा दिनुस्, युवतीसँग डेटिङ जानुस्


पैसामा माया किन्न सकिदैन भन्ने कथन अब गलत सावित भैसकेको छ । बजारमा पैसा तिरेपछि छानीछानी राम्री युवतीसँग डेटिङ जान पाइने भएपछि चोखो प्रेम कल्पना र साहित्यमा मात्र सिमित हुने स्थिती आएको छ । यहि होला सायद कलियुग भनेको । विवादित अमेरिकी डेटिङ वेबसाइट ‘हृवाट्स योर प्राइस डटकम’ मा पैसा तिरेपछि आफूले भनेजस्तो सुन्दरीसग घुम्न पाइन्छ ।

सिंगापुरमा जन्मेका ४० वषिर्य बैण्डन वेले गत पाच वर्षदेखि उक्त साइट सञ्चालन गर्दै आएका छन् । संसारभर १ लाख भन्दा बढी सदस्य रहेको यस साइटमा डेटिङ गर्न चाहने र डेटिङको लागि मनपर्ने युवतीसँग जान चाहने ग्राहकहरु गरी दुई समूहमा बर्गिकृत गरिन्छ । जब डेटिङ तय हुन्छ, दुबै जना घुमफिर या रमाइलो गर्न जाने गर्दछन् । सेवा वापत ग्राहकले तिर्ने रकमको ५ देखि १० प्रतिसत कमिसन लिने गरेको सञ्चालक बैण्डनले बताए । यस साइटबाट पुरुष र महिला दुबै लाभान्वित भएको उनले दाबी गरेका छन् । बैण्डनका अनुसार आफ्नो पहुचभन्दा माथिको सु्न्दरीसँग डेटिङ जान पाइने हुदा पुरुषहरु खुसी छन् भने युवतीहरुलाई पनि भावी जीवन साथी चुन्न पाउने अवसर रहेकाले सन्तुष्ट छन् ।यस्तो डेटिङ साइट चलाउने जुक्ति कहाबाट आयो ? भन्ने प्रश्नको जवाफमा बैण्डनले भने- ‘यो मेरै डेटिङ अनुभवको उपज हो । एक एसियाली पुरुष भएकोले मलाई अमेरिकामा डेटिङ गर्न निकै मुस्किल हुन्थ्यो । मैले केहि डेटिङ एजेन्सी र वब साइट पनि धाए, तर निराशा सिवाय केहि मिलेन । कुनै युवतीलाई इम्प्रेस गर्न मैले दुई घण्टा समय पाउन सकिन भने यो समस्या अन्य पुरुषहरुको पनि हो भन्ने मलाई लाग्यो । अनि यो साइट चलाए ।’
केहिले यसलाई वेश्यावृति भन्छन् नि भन्ने आरोपको बैण्डनले ठाडो खण्डन गरे । कसैसग डेटिङ जादैमा सेक्स नहुने हुदा यो वेश्यावृति नभएको उनले ठोकुवा गरे । उक्त साइटको अलवा उनले सिकिङअरेन्जमेन्ट डटकम र सिकिङमिलिओनायर डटकम पनि सञ्चालन गरेका छन् ।
स्रोत: onlinekhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 29, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

June 2011
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
%d bloggers like this: