Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

प्रहरीको सकि्रयतापछि आँबुखैरेनीमा दुव्र्यसनीहरुको संख्यामा कमी हुन थाल्यो


आँबुखैरेनीपोष्ट सम्वाददाता , प्रहरी र स्थानीयवासिन्दाहरुको व्यापक सकि्रयता पछि आँबुखैरेनीमा लागुऔषध कारोवार गर्ने र यसको प्रयोग गर्ने दुव्र्यसनीहरुको संख्या विगतको तुलनामा कमी भएको छ । प्राप्त जानकारी अनुसार केही दिन अगाडी आँबुखैरेनीको केही घरवाट लागुऔषध सहित आँबुखैरेनीको
दुई जना र अन्य ४ जनालाई पक्राउ गरेपछि यसको संख्यामा ह्वात्तै कमी आएको स्थानीय वासिन्दाहरुले वताएका छन् । प्रहरीको व्यपाक खोजतलास जारी रहेको कारण पनि दुव्र्यसनीहरु असुरक्षितको महसुस गरी आँबुखैरेनी छाडेको थाहा हुन आएको छ । एक जना स्थानिय वासिन्दाले नाम नवताउने सर्तमा भने एक महिना र अहिलेको अवस्थालाई हेर्ने हो भने धेरै कमी आएको थाहा पाएका छौ । यसरी नै प्रहरीको सकि्रयता बढ्दै जानुपर्नेमा उनकेा विश्वास थियो । यता इलाका प्रहरी कार्यलय आँबुखैरेनीले भने स्थानिय वासिन्दाहरुको निरन्तर सहयोगको अपेक्षा गरेको छ । पश्चिमााचालको मुख्य प्रवेशद्धार तथा तनहुँको व्यापारिक केन्द्र मानिने आँबुखैरेनीमा लागुऔषध कारोवारी र प्रयोग गर्नेहरुको संख्या बढ्दै गएपछि स्थानिय वासिन्दाहरु चिन्तित बन्दै गईरहेका थिए ।यहाँ यस्ता लागु पदार्थ विक्री तथा खरीदका लागी चितवन दमौली पोखरा गोरखा डुम्रे लमजुङ्ग तथा संगै जोडीएको मुग्लिङ्ग बजार देखीका मानिस यस स्थानमा आउने गर्ने गरेको थियो । हाल भने यसमा कमी आएको प्रहरीको दावी छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 23, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

June 2011
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
%d bloggers like this: