Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

लागुऔषध सहित आँबुखैरेनीमा २ जना पक्राउ


आँबुखैरेनी पोष्ट सम्वाददाता
आँबुखैरेनीको बजार वाट कारोवार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय आँबुखैरेनीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा आँबुखैरेनी बस्ने १८ वर्षिय शिव लामा र १९ वर्षिय र रन्जित श्रेष्ठ रहेको छ । उनीहरुको साथवाट डाइजोपान ५३ थान, फिनेग्रा ५३ थान ,नोट्रेन ५१थान ,फोक्सेन १०२ थान वरामद गरिएको छ । लागुऔषध संगै पक्राउ परेपछि उनीहरुलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय दमौली पठाइसकेको छ । आँबुखैरेनीमा अत्यधिक लागुऔषधको कारोवार हुन थालेपछि व्यापकरुपमा मिडिया र स्थानीय जनसमुदायहरुको दवाव परेको थियो । अहिले प्रहरीले आँबुखैरेनीको कुनाकुनामा छापा मार्न थालेको छ । यसमा संलग्न अन्य कारोवारीहरुको पनि व्यापक खोजतलास भइरहेको इप्रका आँबुखैरेनीले जानकारी दिएको छ । स्थानीय वासिन्दाहरुले प्रहरीको यो कदमलाई खुलेर सहयोग गरेका छन् । उनीहरुले आँबुखैरेनीमा यसमा फस्ने र यसको कारोवारीहरु धेरै रहेकाले यो क्रम लाई निरन्तरता दिन समेत आग्रह गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 1, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

June 2011
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
%d bloggers like this: