तनहुँ आँबुखैरेनी ६ को आँबुखैरेनी खानेपानी उपभोक्ता समूहको पदाधिकारी निर्वाचन ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुने भएको छ । गत वैशाख ३१ गते भएको १५ औं उपभोक्ता भेला तथा ८ औं अधिवेशनमा पदाधिकारी चयन हुन नसकी शनिवार निर्वाचन हुने भएको हो ।
निर्वाचनको लागि हिजो बुधवारसम्म उमेदवारी फिर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदका प्रत्याशी लालबहादुर थापाले उमेदवारी फिर्ता लिएपछि आँबुखैरेनी खानेपानीमा अगामी कार्यकालका लागि अध्यक्षमा नस्तुराम कँडेल र्निविरोध निर्वाचित हुनभएको छ । यसअघिनै ३१ गतेको बन्दसत्रले सचिवमा सानुकाजी थापा र कोषाध्यक्षमा कृष्ण कट्टेललाई सर्वसम्मत चयन गरिसकेको छ । अध्यक्ष कँडेल निवर्तमान सचिव र थापा निवर्तमान कोषाध्यक्ष हुनुहुन्थ्यो भने कट्टेल खानेपानी सुरक्षा समूहका सदस्य रहनुभएको थियो ।
शनिवार हुने निर्वाचनले एक उपाध्यक्ष सहित चार जना सदस्यहरु चयन गर्ने खानेपानीका कार्यालय सचिव राजेश्वर खनालले बताउनुभयो । जसअनुसार एकजना उपाध्यक्षको लागि तीन जना र चार सदस्यको लागी सात जनाको उमेदवारी दर्ता भएको छ । वुधबार उमेदवारी फिर्ता लिनुपर्ने भएपनि कसैले पनि उमेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृत ऋषी के सी ले बताउनुभयो । उपाध्यक्ष पदमा सरस्वती श्रेष्ठ शालीग्राम अधिकारी र इन्द्रमान परियारको उमेदवारी परेको छ । यसैगरी सदस्यहरुमा ईश्वर परियार ईश्वर श्रेष्ठ राजन श्रेष्ठ गोविन्दमान श्रेष्ठ मदन के सी भगवान के सी र नरहरी श्रेष्ठको उमेदवार रहनुभएको छ । खानेपानीमा सातसय तीस जना भोटरहरु रहेको निर्वाचन अधिकृत केसीले बताउनुभयो ।